हङकङमा प्रहरीविरुद्ध विरोध प्रदर्शन

सञ्चारकर्मीको विरोध प्रदर्शन। फोटो सौजन्यः @CHkger

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ जुलाई । हङकङ प्रहरीको ज्यादतीबिरुद्ध सञ्चारकर्मी र उनका समर्थकहरुले आइतवार प्रहरी र सरकारी हेडक्वार्टर अघि विरुद्ध प्रदर्शन गरेका छन्।

प्रहरीले प्रदर्शनकारीसंगै सञ्चारकर्मीमाथि लक्षित गरेर दमन र हातपात गरेको भन्दै सञ्चार क्षेत्रमा आवद्धलगायत सञ्चारकर्मीहरुको समर्थनमा सर्वसाधारण जनतासमेत विरोधमा उत्रेको हो।

सेन्ट्रलको हर्कोर्ट गार्डनबाट शुरु भएको विरोध र्याली वान चाईस्थित प्रहरी मुख्य कार्यालय र एडमिरलल्टीस्थित सरकारी मुख्य कार्यालयमा पुगेको थियो।

उनीहरुले ‘प्रहरी हिंसा बन्द गर, प्रेस स्वतन्त्रताको रक्षा गर’ र ‘प्रेस स्वतन्त्रतामाथि आक्रमण नगर’ जस्ता ब्यानर बोकेर थिए।

हङकङकी कार्यकारी प्रमुख केरी लामले ल्याउन लागेको प्रस्ताविक सुपुर्दगी कानुनको पूर्ण खारेजीको माग गर्दै शुरु भएको विरोध प्रदर्शनका क्रममा पटक पटक प्रहरीले दमन गरेको भन्दै आलोचना हुंदै आएको थियो।

हिजो शनिवार शेयुङ सुईमा भएको विरोध प्रदर्शनमा प्रहरीलाई घेराबन्दी गरेर आक्रमण प्रयाश भएपछि प्रहरीले लाठी चार्ज र पेपेर स्पे प्रयोग गरेको थियो। त्यसक्रममा पत्रकारसहित केही प्रदर्शनकारी घाइते भएका थिए। समाचार संकलनमा गएका सञ्चारकर्मीमाथि पटक पटक आक्रमण भएपछि सञ्चारकर्मीहरु आक्रोशित बन्दै विरोध प्रदर्शनमा उत्रेका हुन्।





Comments

comments

30652