भारतीय बाँधले नेपाली बस्ती डुबानमा

बस्ती डुबानमा

सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ।

भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन्।

बहाव फर्काइएका कारण कोसीको पानी ओभरफ्लो हुन थालेको छ । पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको छ । आफ्ना भूभागको बस्ती जोगाउन भारतीय पक्षले ४ वर्षयता एकतर्फी रूपमा पाइलट च्यानल बनाएको हो।

दसगजाभित्र एकतर्फी रूपमा भारतले बनाएको बाँधका कारण रौतहट सदरमुकाम गौर जलमग्न भएको छ । शुक्रबार रातिदेखि नै गौर बजार क्षेत्र ५ देखि ७ फिटसम्म डुबानमा परेको छ।

लालबकैया र वाग्मतीको पानीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको छ । बस्तीमा बाढी पसेपछि करिब एक हजारभन्दा बढी घर भत्केका छन् । भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायत विहारका सहर बचाउन रौतहट सीमा क्षेत्रमा २० फिटभन्दा अग्लो झन्डै ३० किलोमिटर लामो बाँध बनाएपछि वर्षायाममा नेपाली भूभाग डुबान पर्दै आएको छ। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

30645