रेल आउँछ–आउँछ, आउँदैन !

फाईल फोटो

जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्ष्भित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन।

जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ।

गत साता मधेसमा आएको भीषण बाढीले रेल्वे ट्र्याक भताभुंग बनाएको छ। पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका—१ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्र्याक तहसनहस पारेको छ । जनकपुर—भंगहा–पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्र्याक बेड पनि बाढीले क्षति पुर्‍याएको छ । रातो खोलामा आएको बाढीको पानीमा रेल्वे ट्र्याक एक मिटरभन्दा बढी डुबेको छ। डेढ सय मिटर ट्र्याक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

बाढीले कुर्था स्टेसनको १० मिटर जति पर्खाल भत्काएको छ । जयनगर स्टेसनदेखि धनुषाको कुर्था स्टेसनसम्म ३४ किलोमिटर रेल्वे ट्र्याकमा कतै धेरै र कतै सामान्य क्षति पुर्‍याएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा मनिका झाले लेखेका छन्।





Comments

comments

30872