जग्गा प्रकरणमा मुछिएका आरोपित श्रेष्ठद्वारा सपिङ सेन्टरबाट हाम फालेर आत्महत्या

फाइल फोटो

बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।

माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

पूर्व नायव सुब्बा समेत रहेका श्रेष्ठ केही समयदेखि तनावमा रहेको बुझिएको छ । सपिङ गर्ने बाहानामा त्यहां पुगेका श्रेष्ठ ८ औ तलाको रेलिङबाट हामफालेका थिए । घाइते अवस्थामा प्रहरीले पिपुल्स अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

ललिता निवास घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले श्रेष्ठलाई समेत पत्र काटेर बयानका लागि बोलाएपछि श्रेष्ठ केही समयदेखि तनावमा थिए ।

उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । श्रेष्ठको शवको पोष्टमार्टम बुधवार गरिने पारिवारिक स्रोतले जनाएको छ । यो समाचार नेपाल समाचारपत्रमा छ।





Comments

comments

31016