छठसम्म जनकपुरमा जानकी रेल

फाइल फोटो

आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने तयारी गरिएको दुईमध्ये एउटा रेलको नाम जानकी राखिएको छ।

अर्को रेलको नाम पशुपतिमध्ये एक राख्ने तयारी भएको रेलवे विभागले जनाएको छ।

रेलवे विभागका महाप्रवन्धक बलराम मिश्रका अनुसार आगामी दसैं–तिहार वा छठसम्म जनकपुरमा गुडाइने रेलको सबै संरचना तयार भइसकेको छ । विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोन–कोन रेलवे कर्पोरेसनसँग सम्झौता गरेको छ।

‘जयनगर–जनकपुर–कुर्था रुटमा चल्ने एउटा रेलको नाम जानकी राख्ने निर्णय भइसकेको छ भने अर्कोको नाम पशुपति वा सगरमाथा राख्ने विषयमा छलफल भइरहेको छ,’ महाप्रबन्धक मिश्रले भने, ‘सम्झौताअनुसार दुवैको संरचना तयार भइसकेको छ । दसैं–तिहारसम्म दुवै रेल जनकपुर आइपुग्ने छन् ।’ यो समाचार नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31013