हङकङ समाचारः आन्दोलनकारीलाई तह लगाउन प्रहरीले अर्को महिनादेखि ‘वाटर गन’ प्रयोग गर्ने

वाटर गन ट्यांकर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ ३० जुलाई। हङकङमा जारी आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अर्को महिनादेखि ‘वाटर गन’ प्रयोग गर्ने भएको छ।

यसअघि, प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न टियर ग्यास, रबर बुलेट, पिपर स्प्रे र ब्याटोन प्रयोग गर्दै आएको थियो। तर पनि प्रदर्शनकारीलाई कुनै असर नपरेपछि प्रहरीमाथि भिड नियन्त्रण गर्न चुनौती परेको थियो।

हङकङमा दुई महिनादेखि सुपुर्दगी कानुनको विरोधको बहानामा जारी आन्दोलन झन उग्र बन्दै जाँदा प्रहरीले भिड नियन्त्रणको विकल्प खोजी गरेको हो।

परीक्षणपछि प्रयोगमा ल्याइने वाटर गन ट्यांकर

प्रहरीले अर्को महिनादेखि प्रयोग गर्न लागेको चलनचल्तीमा ‘वाटर गन’ भनिए पनि त्यो ट्यांकरबाट जोडले पानी प्रहार गर्ने हो। प्रहरीले खरिद गरेको ८ मिटर लामो र करीब ३ मिटर चौडा भएको विशेष पानी ट्यांकरहरु भने गत साल हङकङ भित्र्याईएको हो।

वाटर गन ट्यांकर

अहिले प्रहरीलाई चुनौती बढ्दै गएपछि यसलाई विकल्पको रुपमा प्रयोगमा ल्याउन लागिएको हो। पानी स्प्रेलाई दुई तरिकाले प्रयोग गर्न सकिने ‘वाटर गन’ ट्यांकरको अहिले परीक्षण चलिरहेको छ। टियर ग्याससमेत प्रहार गर्न सकिने क्यामराजडित यि ट्यांकरले तत्क्षणका तस्वीरहरु पनि खिच्न सकिने बताएको छ।

फोटो सौजन्यः अन सीसी





Comments

comments

31062