हङकङ समाचारः क्वुन तोङ र आइल्याण्ड लाईनका रेल सेवा अबरुद्ध, हजारौं यात्रुलाई सकस

रेल सेवा अवरुद्ध पार्दै आन्दोलनकारी। फोटो सौजन्यः @itsyour_BizBro

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ ३० जुलाई। सरकारबिरोधी आन्दोलनकारीले मंगलवार बिहान क्वुन तोङ र आइल्याण्ड लाईनका रेल सेवा अवरुद्ध पारेका छन्।

दुई महिनाअघि सुपुर्दगी कानुनको पूर्ण खारेजीको माग गर्दै शुरु भएको आन्दोलन अहिले पनि जारी छ।

युन लङ आक्रमणको विरोधमा रेल कर्मचारीले केही घण्टा रेल सेवा बन्द गर्ने घोषणासंगै आन्दोलनकारीहरु पनि रेल सेवा अवरुद्ध पार्न त्यस क्षेत्र पुगेका हुन्।

जुलाई २१ तारिख राति युन लङ स्टेशनमा सेता वश्त्रधारी समूहले यात्रुहरुमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो। आक्रमणबाट ४० भन्दा बढी यात्रु घाइते भएका थिए। यस्ता आक्रमणबाट रेल कर्मचारीसमेत सुरक्षित नरहेको भन्दै घटनाको विरोधस्वरुप रेल सेवा निलम्बन गरेको हो।

रेल सेवा बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई रेल कर्मचारीले बैकल्पिक बसको व्यवस्था गरेर सहयोग गरेका थिए।





Comments

comments

31045