घर्रामा १९ अर्बका चेक

फाईल फोटो

आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ।

असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो।

विगतदेखि नै आथिएक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण नगर्ने प्रवृत्ति छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको चेक सम्बन्धित खर्च निकायमा पठाए पनि ठेकेदारसँग मोलमोलाइका लागि समयमा हस्तान्तरण नगरेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन्।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नै सय १७ चेक साट्न बाँकी छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन्।





Comments

comments

31042