हङकङ समाचारः रेल स्टेशनभित्रै हिसांत्मक आक्रमणपछि युन लङ रेल स्टेशन बन्द (भिडियो+फोटो)

यसरी भएको थियो आक्रमण

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २२ जुलाई। सेतो टी-सर्ट लगाउने समूहले यात्रुहरुलाई अन्धाधुन्ध आक्रमण गरेपछि आइतवार साँझ एमटीआर कोर्पोरेशनले युन लङको रेल स्टेशन बन्द गरेको छ।

सामाजिक सञ्जालमा फैलिएको फोटो

सिभिल ह्युमन राईट्स फ्रन्टले आयोजना गरेको सरकार विरोधी प्रदर्शनकारीलाई लक्षित गरी आक्रमण गर्दा ३६ जना घाइते भएका छन्। प्रदर्शनबाट घर फर्किने बेलामा स्टेशनबाहिर निस्कने क्रममा उनीहरुमाथि आक्रमण भएको हो। उनीहरुले कालो टी-सर्ट लगाउनेहरुमाथि निशाना लगाएर आक्रमण गरेका थिए। उनीहरुमाथि फलामको रड, लाठी, पानीका बोटल र अन्य बस्तुहरु प्रहार भएको थियो।

घाइते

त्यस्तै स्टेशनबाहिर पनि आक्रमण भएपछि कोर्पोरेशनले प्रहरीको आग्रहमा युन लङको रेल स्टेशन बन्द गरेको हो। सेतो टी-सर्ट लगाउने समूहले स्टेशनभित्र र स्टेशनबाहिर पनि आक्रमण गरेका थिए। केहीले रेलभित्रै पसेर अनुमानका भरमा कुटपिट गरेका थिए।

आक्रमणको धेरै समयपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो। स्टेशनभित्र आक्रमण रोकिए पनि बाहिर भने निक्कै बेर तनाव जारी रहेको थियो। केहीले प्रहरी ढिला आएको भन्दै आलोचना र आक्रोश पोखेका थिए। यस घटनाको चौतर्फी आलोचना भएको छ।





Comments

comments

30851