समायोजन रोज्ने प्रहरीलाई दुई ग्रेड

फाइल फोटो

प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन) विधेयक पारित गरेको छ।

राज्य व्यवस्था समितिले दुवै विधेयक विभिन्न दफा फेरबदल गरेर प्रतिवेदनसहित प्रतिनिधिसभा पठाएको थियो। प्रनिनिधिसभामा सांसदहरुको छलफलपछि विधेयक पारित गरेका हुन् । गृहमन्त्री रामबहादुर थापाले दुवै विधेयक पारित गर्न प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए।

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गरिने भएको छ । प्रनिनिधिसभामा छलफलका क्रममा केही सांसदले प्रदेशमा जाने प्रहरीको एक तह बढुवा गर्नुपर्ने तर्क राखेका थिए।

यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन्।





Comments

comments

31328