कोलोराडोमा सामूहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरीका। हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामूहिक दर खाएका छन्।

प्रवासमा रहेका महिला दिदी बहिनीहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचाहन गराउन कोलोराडो सिष्टर्स ग्रुपले दरखाने कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा महिला दिदीबहिनीहरुले घर घरबाट मीठा परिकारहरु बनाएर ल्याई एकै ठाउंमा जम्मा भई परंपरागत शैलीमा गीत गाएर नाच्दै सामूहिक दरखाने कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा बोल्डर, लङमन्ट, बु्रमफिल, डेनवर्ग, अरोरा, वेस्टमिनिष्टर लगायतका शहरहरुबाट महिला दिदीबहिनिहरु नेपाली पहिरन रातो साडी, चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए। कोलोराडोस्थित नर्थग्यालेन शहरमा सम्पन्न कार्यक्रम सिष्टर्स ग्रुपका सकृय सदस्य सीता साप्कोटाले स्वागत भाषण गर्दै सुरुवात गरेकी थिइन्।

सांझ ४ बजेदेखि राति ९ बजेसम्म संचालन भएको कार्यक्रममा बाल बालिकादेखि बृद्धबृद्धा सबै उमेरका दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। उनीहरुले परंपरागत भाका र शैलीमा गीत गाउदै मादलको तालमा छम छम नाचिरहदा आफूलाई नेपाली भूमिमा बसेर तिजको रमाईलो हेरिरहेको महसूस हुन्थ्यो।

परंपरागत रुपमा दर खाने परिकारहरु खीर, सेलरोटी, दही, कांक्रोको अचार जस्ता स्वादिष्ट परिकारहरु खादै साथीहरुसंग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै, उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका हुन्।स्थानीय सीता सापकोटा र शान्ति भुषाल लगायतका दिदी बहिनीहरुको सक्रिय सहभागीता र ब्यवसायी, बुद्धिजीवी, समाजसेवी दाताहरुको सहयोगले कार्यक्रम सफलताको साथ सम्पन्न भएको हो भन्दै आयोजक संस्थाका संयोजक धन पौडेलले कार्यक्रममा उपस्थित भई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

थप फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31331