हङकङमा ड्युटीमै रहेका ट्राफिक प्रहरीले आफैँमाथि गोली चलाए, घटनास्थलमै मृत्यु

प्रतीकात्मक सन्दर्भ तस्बिर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ नोभेम्बर। हङकङको शेङ शुई प्रहरी चौकीमा आफैँलाई गोली प्रहार गरी एक पुरुष प्रहरी अधिकारीको मृत्यु भएको छ।

आज बिहान करिब १० बजेर ५४ मिनेटमा शेङ शुई प्रहरी चौकीको दोस्रो तल्लामा ती अधिकारीले आफैँमाथि गोली चलाएको आशंका गरिएको छ।

घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो तर उनको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको छ।

प्रारम्भिक विवरण अनुसार मृतक प्रहरी अधिकारी ट्राफिक विभागमा कार्यरत थिए। हाल अपराध अनुसन्धान विभागको टोलीले घटनास्थलमा पुगेर यस विषयमा थप अनुसन्धान गरिरहेको छ। प्रहरीले यस घटनालाई आत्महत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको जनाएको छ।
स्रोत: एजेन्सी

यदि तपाईं वा तपाईंले चिन्नुभएको कोही व्यक्ति मानसिक तनावमा हुनुहुन्छ भने सहयोगका लागि हङकङमा उपलब्ध हटलाइन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ। मानसिक स्वास्थ्य सहायता हटलाइन १८१११, द सामरिटन्स २८९६००००, द सामरिटन बिफ्रेन्डर्स हङकङ २३८९२२२२ र सुसाइड प्रिभेन्सन सर्भिसेस २३८२०००० मा चौबीसै घण्टा निःशुल्क परामर्श लिन सकिन्छ।





Comments

comments

142588