हङकङ विमानस्थल ठप्प पार्‍यो प्रदर्शनकारीले, सबै हवाई उडान रद्द…

विमानस्थलमा प्रदर्शनकारी

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ अगष्ट। हजारौं प्रदर्शनकारीहरुले विश्वकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा ओइरिएर गम्भीर रूपमा खलल पुर्याएपछि हङकङका सबै हवाई उडान रद्द भएका छन्।

हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारका बाँकी सबै हवाई उडान रद्द भएको जनाएको छ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा विमानस्थलमा प्रदर्शनकारीले “गम्भीर रूपमा खलल पुर्‍याएको” ले सोमबारका बाँकी सबै उडान रद्द गरिएको जनाएको छ।

दैनिक सरदर ८ सय उडान गर्दै आएको हङकङ विमानस्थल सोमवार बन्द हुंदा हजारौं यात्रुहरु प्रभावित भएकाछन्।

गत जुनको दोश्रो सातादेखि हङकङमा सुपुर्दगी कानुनको पूर्ण खारेजीको माग गर्दै विरोध प्रदर्शनहरु भइरहेका छन्।

विमानस्थलमा गत चार दिनदेखि प्रदर्शनकारीले जम्मा हुदै धर्ना र नाराबाजी गरिरहेका छन्। सोमबार भएको प्रदर्शनमा हजारौं प्रदर्शनकारीहरुले विमानस्थलको आगमन र प्रस्थान दुबै कक्षलाई कब्जामा लिएपछि विमानस्थल संचालनमा अवरोध पुगेको छ।

थप न्युज अपडेटमा…

प्रहरीले बल प्रयोग गरी हटाउने आशंकामा अधिकांश प्रदर्शनकारी क्रमशःबिमानस्थल छोडेका छन्। विमानस्थलबाट हिडे पनि अर्को ठाउँमा प्रदर्शन गर्ने योजना बनाइरहेको अनुमान गरिएको छ।

फोटो सौजन्यः @krislc

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31334