एक वर्षमै साढे ३४ अर्बको सुन आयात

फाइल फोटो

मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ।

उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ।

अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन्।

भन्सार विभागका अनुसार आव ०७५÷७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ । विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर पारिरहेकोले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । यो समाचार नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।





Comments

comments

Trending Now : बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ
31377