हङकङ आन्दोलनः सरकारविरोधी स्टिकर टाँस्ने ३ जनामाथि छुरा आक्रमण, एकको अवस्था गम्भीर

आक्रमणबाट घाइते युवती

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० अगष्ट। चुङ क्वान ओस्थित लेनान वालमा सरकारविरोधी स्टिकर टाँस्ने एक युवक र दुई युवतीमाथि छुरा आक्रमण भएको छ।

आक्रमणबाट घाइतेमध्ये एक २६ वर्षीया युवतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको घाँटी र पिठ्यूमा चोट लागेको छ। घटनामा अर्का २४ वर्षीय युवक र ३५ वर्षीया महिला घाइते भएका छन्।

फोटोः @Kennethtse13

निलो टि-सर्ट लगाएका अन्दाजी ५० वर्षीय पुरुषले मंगलवार बिहान करीब साढे १ बजे भित्तामा हङकङ र चीन सरकारविरोधी नारा र आन्दोलनको समर्थनमा स्टिकर टाँस्दा मासु काट्ने छुराले प्रहार गरेका थिए।

घटनाको दृश्य

स्टिकर टाँस्ने विषयमा विवाद हुंदा उनले आक्रमण गरेको जनाइएको छ।

घाइते दुईको क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका युवक अस्पतालबाट डिस्चार्ज भएका छन्।

न्युज अपडेटः प्रहरीले छुरा प्रहार गरेका अभियुक्तलाई मंगलबार अपरान्ह पकाउ गरिएको जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31477