चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ। सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो।
पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार ठप्प छ।’ उनले चाडपर्व नजिकिँदै गर्दा सुनको धमाधम अर्डर आउनुपर्नेमा कारोबार नै शून्य भएको बताए।
उनको गुनासो छ, ‘सानोतिनो ऋण व्यापार गर्ने हामीजस्तालाइृ गाह्रो भयो ।’ यो समाचार गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन्।


