हङकङमा ठूलो यात्रुवाहक रेल दुर्घटना, टुक्रियो दुई भागमा (भिडियोसहित)

फोटो सौजन्यः @BloombergAsia

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ सेप्टेम्बर। हङकङमा मंगलवार बिहान ठूलो रेल दुर्घटनामा परेको छ।

हुङ होम र मोङ कोक स्टेशनबीच विहान करीव साढे ८ बजे रेल दुर्घटनामा परेको समाचार स्रोतले जनाएको छ।

यात्रुसहित कुदेको रेल लिगबाट बाहिरिएर दुई भागमा छुट्टिएको छ। रेल लिगबाट उछिट्टिएर बाहिरिएको घटना हङकङमा पहिलो पटक भएको हो। रेल रोकिनुअघि हावामा उडे झैं भएको थियो। रेलको एउटा ढोका क्षतिग्रष्त भएको छ।

फोटो सौजन्यः @pumpkin_forever

घटनापछि उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोलीहरु घटनास्थल पुगेका छन्। यतिको डर लाग्दो दुर्घटनामा ८ जान यात्रु सामान्य घाइते भएका छन्।

रेल दुर्घटनापछि इष्ट रेल लाइन प्रभावित भएको छ। हुङ होम र मोङ कोकबीच रेल सेवा स्थगित गरिएको छ। त्यसै गरी, वेष्ट रेल लाइन, हुङ होम – नाम च्युङ र चुन मुन लाइनको रेल सेवा डिले भएको एमटीआर कोर्पोरेशनले जनाएको छ।

फोटो सौजन्यः @Langley32514573

एमटीआर कोर्पोरेशनका एक अधिकारीले पत्रकार सम्मलेनमा बोल्दै दुर्घटनाको कारण तत्काल थाहा हुन नसकेको बताए। उनले घटनाबारे अनुन्धान थालिएको बताएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31934