छोराको आशमा १२ पटक गर्भधारण

फाइल फोटो

ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन्।

३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले ज्यान जोखिममा राखी पाँचवटा गर्भ पतन गरिन् । जसको असरले अहिले उनको ज्यान कमजोर बनेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने पति र परिवारको दबाबले इच्छाविपरीत उनी बच्चा जन्माउन बाध्य भइन्।

अहिले पनि उनी गर्भवती छिन् । उनकै गाउँकी दाना जैसीले पनि आठ सन्तान जम्माइन् । छोरा पाउने आसले उनले ३९ वर्षको उमेरमा आठ सन्तान जन्माएकी हुन् । धरै सन्तान जन्माउँदा रगत बग्ने, ज्यान दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन् । छोराको पर्खाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने शर्मिला र दाना जैसी गाउँका प्रतिनिधि आमा मात्र हुन्।

आफ्नो वंश विस्तार हुने र मरेपछि दागबत्ती दिन छोरा नै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित पति, परिवार र समाजको दबाबमा हिमाली जिल्ला हुम्लाको गाउँका आमाहरु अहिले पनि इच्छाविपरीत छोरी जन्माउन बाध्य छन् । यो समाचार नागरिक दैनिकमा गणेश विशुले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31967