चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, १५ हजार सुरक्षाकर्मी परिचालन

फाइल फोटो

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ।

भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रम स्थल तथा अन्य संवेदनशील स्थानमा कारिब १५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्।

चिनियाँ राष्ट्रपति शानिबार अपराह्न विशेष विमानमा काठमाडौँ आउने कार्यक्रम छ । सी काठमाडौँमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षामन्त्रालयलका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत सम्मिलित छन्।

राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा कार्यदललाई दिइएको छ । कार्यदलले चारवटै सुरक्षा निकायका प्रमुखसँगको प्रत्यक्ष परामर्शमा काम गर्नेछ। यो समाचार अन्नपूर्ण पोष्टमा विष्णु सुवेदीले लेखेका छन्।





Comments

comments

32210