मिस कस्मोपोलिटन वर्ल्डमा प्रियारानी लामा

प्रियारानी विदेशी सुन्दरीहरुसंग

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, मलेसियाको क्वालालम्पुरमा आउँदो अक्टोबर २५ अर्थात् कार्तिक ८ गते आयोजना हुने मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ग्राण्ड फिनालेका लागि नेपालका तर्फबाट प्रिया रानी लामाले प्रतिस्पर्धा गरिरहेकी छिन्।

विश्वका ३३ वटा मुलुकका सुन्दरीहरुले प्रतिस्पर्धा गरिरहेको सो प्रतियोगिताको हाल विभिन्न अवार्डको प्रतिस्पर्धा तथा बिभिन्न तालिमहरु संचालन भइरहेको छ।

प्रियारानी

गत साता सम्पन्न बेस्ट ट्यालेन्ट राउण्डमा प्रिया फर्स्ट रनर अप हुन सफल भएकी थिईन् भने अहिले फिनालेमा उच्चतम अंक ल्याउन तथा मिसियोलोजी च्योइस पोलमा जिताउन मिसियोलोजीको फेसबुक पेजमा http://tiny.cc/m88lez गएर प्रिया रानी लामाको फोटो लाइक गर्नुपर्ने हुन्छ। आफ्नो तर्फबाट उत्कृस्ट पर्फोर्मंस दिदै मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ताजको लागि सक्दो मिहिनेत गरिरहेको मलेसियाबाट प्रियारानी लामा बताउंछिन्।

प्रियारानी

यस अघि प्रियाले भारतको नया दिल्लीमा संचालन भएको फेश अफ ब्युटी इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन्। प्रतिस्पर्धामा उनले समग्रमा टप ट्वेन्टी स्थानसम्मको यात्रा तय गरेकी थिइन्।

वीरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक २८ बर्षीया प्रियारानी लामा मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि विजेता रहिसकेकी छिन् भने २०११ देखिमिस पूर्वाञ्चलको कोरियोग्राफरको रुपमा कार्यरत छिन्।

प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएर मिस बेस्ट कम्प्लिकेसनको अवार्ड जितेकी थिईन। हाल उनी नेपाल वान टेलिभिजनका टेलिभिजन कार्यक्रम प्रस्तोतासंगै मोडल तथा कोरियोग्राफरका रुपमा सक्रिय रहेकी छिन्।





Comments

comments

32285