सहारा क्लब पोखराको भैलो कार्यक्रम सम्पन्न, ७ लाख ६९ हजार संकलन

सबै फोटोः सुदर्शन रञ्जित

पोखरा, सहारा क्लब पोखराले दिपाबली तथा तिहारका अबसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रम तीन दिनपछि सम्पन्न गरेको छ।

सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीको संचलानर्थ सहारा क्लबले हरेक वर्ष दिपाबली तथा तिहारका अबसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रम अन्तरगत यस वर्षसमेत देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष केशब बहादुर थापाले बताए।

देउसी भैलो कार्यक्रमा उठेको सम्पूर्ण रकम सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितिका २५ जना बालकहरुका भरणपोषण र शिक्षाका लागि खर्च गरिने अध्यक्ष थापाले बताए।

‘क्लबको स्थापनाकालदेखि नै यसरी नै भैलो खेल्दै संकलित रकमबाट पोखराको सामाजिक र खेलकुद क्षेत्रमा खर्च गर्दै आएका छौं’ अध्यक्ष थापाले भने–‘जती रकम संकलित हुन्छ त्यसको हामी एकेडेमीका बालकहरुका लागि खर्च गर्नेछौं।’

सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा फुटबल प्रतियोगिता र देउसी भैलो कार्यक्रम वार्षिकरुपमा रकम संकलन गर्ने मध्येका कार्यक्रम रहको क्लबका महासचिब रामजी अधिकारीले बताए।

‘हाम्रो यो वािर्षक कार्यक्रमको निरन्तरता हो’ उनले भने–‘संकलित रकमको प्रयोग समेत हामीले क्बलको उद्धेश्यसंग जोडिएको सहारा एकेडेमीका बालकहरुका लागिनै हो।’

यस वर्षको देउसी भैलो कार्यक्रमबाट ७ लाख ६९ हजार ४ सय ११ रुपैया संकलन समेत भएको महासचिब अधिकारीले जानकारी दिएका छन्। देउसी भैलो कार्यक्रममा सांस्कृतिक टोलीसहित क्लबका पूर्व अध्यक्ष बिरभद्र आचार्य तथा अन्य पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32471