गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला अवार्ड

काठमाडौं, सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) को अवार्ड प्रदान गरिएको छ।

आइतबार काठमाडौंमा आयोजित नवौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) मा उनलाई ‘माटोको सुगन्ध’ गीतका लागि उक्त अवार्ड दिइएको हो। सोही गीतका लागि सिक्किमका जीवन शर्मालाई सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरिएको थियो।

समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्वअध्यक्ष रविन्द्र खड्का, गायक शिव परियार, सीताराम पोखरेललगायत कलाकार तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति थियो।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा र सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमका अध्यक्ष माधवराज खरेल र संयोजक कमला जोशी रहेका थिए भने कार्यक्रम निर्देशन सनम कठायतले गरेकी थिइन्। सो अवसरमा ३० विभिन्न विधासहित जुरी अवार्डहरू पनि प्रदान गरिएका थिए।





Comments

comments

139208