विश्व रक्तदाता दिवसको अवसरमा नेपाली घर कोलोराडोमा सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। विश्व रक्तदाता दिवस तथा ब्लड डोनर्स अफ अमेरिकाका संस्थापक अध्यक्ष स्वर्गीय अर्जुन मैनालीको स्मृतिमा कोलोराडोमा विशेष रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली समुदायको साझा चौतारी नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ मा ब्लड डोनर्स अफ अमेरिका (BDA) को आयोजना, नेपाली घरको सहकार्य तथा भाइटल्यान्ट (Vitalant) को प्राविधिक सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो।

बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरू मध्ये गायिका सञ्जना पाण्डे लगायत केही दाताहरूले पहिलो पटक रक्तदान गरेका थिए भने ब्लड डोनर्स अफ अमेरिकाका वरिष्ठ उपाध्यक्ष टिका पौडेलले यस पटकसहित ४३ औँ पटक रक्तदान गरेका छन्।

‘रक्तदान जीवनदान’ भन्ने पवित्र भावनालाई आत्मसात् गर्दै रक्तदान गर्ने दाताहरूमा नारायण पोख्रेल, फणेन्द्र क्षेत्री, लुना लुइटेल पौडेल, गुनराज घिमिरे, सञ्जना पाण्डे, टिका पौडेल, नुरहरी पोख्रेल, बिमला पौडेल, शुधा भण्डारी, दिलकुमारी श्रेष्ठ, विजयदेव अधिकारी, उपेन्द्र घिमिरे, विष्णुराज घिमिरे, विकास त्रिपाठी, समिका डिस्कोल, स्थानीय क्लारा स्काया, सुरज लामिछाने, उषा लम्साल, लक्षुमन रिजाल, नवराज मरासिनी र किसान थापा रहेका छन्।

कार्यक्रममा नेपाली भाषी समुदायका सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा ब्लड डोनर्स अफ अमेरिकाका निवर्तमान केन्द्रीय अध्यक्ष, केन्द्रीय तथा च्याप्टर पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो जसले कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र प्रेरणादायी बनाएको थियो।

यो कार्यक्रममा नारायण पोख्रेल र विष्णुराज घिमिरेले रेड ब्लड सेल दान गरेका थिए जसलाई अत्यन्त विशेष र प्रशंसनीय योगदान मानिएको छ।

ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासिनीले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक कार्यक्रममा निरन्तर सहयोगको अपेक्षा गरेका छन्। उनले विशेष गरी नेपाली घरका अध्यक्ष बसन्त लम्साल, वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईं, महासचिव भोला कटुवाल, BDA का केन्द्रीय सल्लाहकार भूषणलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष टिका पौडेल, कार्यसमिति सदस्यहरू, पत्रकार नातिबाबु भट्ट, सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थालाई धन्यवाद दिएका छन्।

BDA कोलोराडो च्याप्टरले विगत लामो समयदेखि रक्तदान तथा सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू सक्रिय रूपमा सञ्चालन गर्दै आएको छ। स्वर्गीय अर्जुन मैनालीको नेतृत्वमा ब्लड डोनर्स अफ अमेरिका (BDA) को स्थापना सन् २००९ मा भएको थियो।





Comments

comments

139205