आलेक्स चाउको मृत्युपछि हङकङको स्थिति झनै बिग्रियो, केही राजमार्गहरु अवरुद्ध, सवार साधनमा तोडफोड र आगजनी…!!

आलेक्स चाउ (चाउ ज लोक)


आलेक्स चाउको मृत्युपछि हङकङको स्थिति झनै बिग्रियो..!
केही राजमार्गहरु अवरुद्ध, तोडफोड र आगजनी…!!
हङकङको जनजीवन प्रभावित…!!!
केही किन्डरगार्टेन र प्राथमिक विद्यालयहरु बन्द…!!!!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ नोभेम्बर। प्रहरीका कारण २२ वर्षीय विश्वबिद्यालय विद्यार्थी आलेक्स चाउ (चाउ ज लोक) को मृत्युपछि हङकङको स्थिति झनै बिग्रेको छ।

आन्दोलन छैठौं महिनासम्म आइ पुग्दा प्रदर्शनकारीले सडक अबरुद्ध, सार्वजनिक सम्पतिमा तोडफोड र आगजनीलाई तीब्र पारेको छ।

फोटोः सामाजिक सञ्जाल

विद्यार्थीहरुलाई स्कूल र कामकाजीहरुलाई काममा आउनजाना कठिन भएको छ। शिक्षा विभागले हङकङको वर्तमान अवस्थालाई ख्याल गरेर बच्चाहरुलाई स्कूल पठाउने कि नपठाउने त्यसको निर्णय गर्ने जिम्मा अभिभावकलाई नै दिइएको छ। केही स्कूलले बुधवार आफ्ना बिद्यार्थी र कर्मचारीको सुरक्षाको लागि भन्दै स्कूल बन्द गराएका छन् र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

अहिले बिहान हङकङका केही राजमार्गहरु अवरुद्ध पारिएको छ। हङकङमा सर्वाधिक प्रयोगमा आउने एमटिआर रेलका केही स्टेशनहरु बन्द छन्। सिटी बसका अधिकांश सेवाहरू प्रभावित भएका छन्। सार्वजनिक सवारी साधनहरु निर्वाध चल्न नपाएपछि काममा जानेहरु बीच बाटोमै अलपत्र परेका छन् र ढिला भएका छन्।

फोटोः @Breakaway_chi

हङकङमा राजनैतिक विचार नमिल्नेहरुमाथि कुटपिट र जिउँदै तेल खन्याएर मार्ने प्रयाश भएको छ। चालकहरु पिटिएका छन्। मंगलवार राति एउटा बसमा आगजनी गरेर पूर्णरुप ध्वस्त पारिएको छ। बसका टायरको हावा फुस्काएका छन्।

फोटोः @joecsphua

मंगलवार विहान चलिरहेको रेलमाथि पेट्रोल बम फालिएको थियो। केही सवारी साधनमा आगजनी भएको छ। प्रहरी परिचालित छन्। आगजनी र टियरग्यासले धुंवैधुवा भएको छ। प्रयोग भएको टियर ग्यासको खोकाको चाङ थुप्रिएको छ।

सरकारले अहिलेसम्म आन्दोलनरत पक्षसंग समस्या समाधानको लागि गम्भीरढंगले पहल गरेको छैन। कार्यकारी प्रमुख क्यारी लामले प्रदर्शनकारीलाई जनताको दुश्मन हुन् भन्ने टिप्पणी दिएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरु अहिले सम्हाल्नै नसक्ने गरि उग्र बनेका छन्। प्रहरीले प्रदर्शनकारीलाई मान्छे नगनेर साङ्ले किरो (कोक्रोच) भन्थे। अब अरिङ्गल बनेका छन्।





Comments

comments

32638