मिस पूर्वाञ्चलको प्रतियोगीहरुलाई मेकअप तथा फोटोग्राफी तालिम

1

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, नेपाल आईस मिस पूर्वाञ्चलको दसौ संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिनदेखि छानिएका प्रतियोगीहरु धरानस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन्।

प्रतियोगीहरुलाई मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्गबुहांग लिम्बु र मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिंग क्लास लिईरहेका छन्।

2

त्यस्तै धरानमा ४ बर्षदेखि एमी मेकअप स्टुडियो चलाउदै आएकी मेकअप आर्टिस्ट निशा लिम्बुले मेकअपको क्लास दिएकी छिन्। काठमाडौँ र सिङ्गापुरमा बिभिन्न मेकअप प्रशिक्षण लिएकी एमी मेकअप स्टुडियोकि संचालिका निशा लिम्बुले साधारण मेकअप कसर गर्ने , कस्तो अनुहारमा कसरी मेकअप गर्ने , कुन समयमा, कुन पार्टीमा हिंडदा कस्तो मेकअप कसरी गर्ने भन्ने प्रतियोगीहरुलाई सिकाईन्।

3

त्यस्तै बिर्तामोडको बिबेक फोटोग्राफीका ग्ल्यामर फोटोग्राफर बिबेक पौडेलले फोटोग्राफीको ट्रिक, पोज लगायतका कुराहरु सिकाए।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा तथा सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति र र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह-प्रायोजनमा हुने नेपाल आईस मिस पूर्वाञ्चल २०१९ को सोमबारसम्ममा सम्पूर्ण प्रतियोगीहरुको आत्मबिश्वास ,अनुशासन हेरेर पौष ५ गते हुने फिनालेको लागि अन्तिम छनौट गरिनेछ र आगामी प्रशिक्षणमा सहभागी गराईनेछ ।फिनालेका लागि १९ देखि २१ जना प्रतियोगीहरु छनौट गरिनेछ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32901