ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिईन् चकलेट

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, इटहरी र मिस पूर्वाञ्चल २०१९ का २० जना प्रतियोगीहरु कोही इटहरी चोकमा पैदल यात्रीहरुलाई जेब्रा क्रसिंगमा हिड्न सिकाउदै थिए भने कोही हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाई तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउदै थिए।

प्रतियोगीहरुलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धी तालिम दिदै एकदिन स्वयंसेवकको रुपमा ट्राफिक प्रहरीहरुसंगै खटाईएको थियो।

ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरु बीरेन्द्र चोक , पश्चिम लाइन , पूर्व लाइन र बिराटनगर लाइनमा खटिएका थिए।

उनीहरुले ६० जना जति नियम मिच्ने सवारी चालकहरुलाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटनाबाट बच्नको लागि अनुरोध गर्दै सबैलाई चकलेट वितरण गरेका थिए।

१ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पूर्वाञ्चल लुब्रिकेन्ट्स ,बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीहरुलाई १ न. प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिमबहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियम सम्बधी तालिम दिएका थिए।





Comments

comments

33076