कोलोराडोमा नेपालीको रक्तदान

नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। रक्तदान जीवनदान भन्ने विश्वब्यापी मूल नारालाई आत्मसात गर्दै शनिवार कोलोराडोको बोल्डरस्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो।

लङमन्ट हिमालयज लायन्स क्लव र ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा संम्पन्न कार्यक्रममा ६ जनाले रक्तदान गरेका छन्।

रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा बिकल पराजुली, रिपेन्द्र कार्की, रोशन श्रेष्ठ, बिना श्रेष्ठ, संजय प्रधान, शिजेन श्रेष्ठ रहेका छन्।

कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन संयोजक भुषणलाल श्रेष्ठ, लङमन्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल लगायतका ब्याक्तिहरुको उपस्थिती रहेको थियो।

रक्तदान गर्न ईच्छुक धेरै जना भए पनि अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनु पर्ने तथा एक बर्षभित्र देश बाहिर मलेरिया प्रभाबित क्षेत्रमा गएको भए अमेरिका फर्केको एक बर्षपछि मात्र योग्य ठहरिने छ। त्यसैले गर्दा धेरैजना रक्तदान गर्न अयोग्य ठहरिएका थिए।

कोलोराडोमा संकलन भएको रगत कोलोराडोभित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए। कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिनसम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिनपछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकी फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनीहरुले बताएका छन्।

कोलोराडोमा ब्लड डोनर्स अफ अमेरिकाले यहां सक्रिय रहेका संघ संस्थाहरुसंग मिलेर हरेक महिना रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। त्यसैगरी आगामी जुलाई १७ देखि १९ सम्म कोलोराडोको डेनवर्क शहरमा सोसाईटी अफ अमेरीकन नेप्लीज नर्स (SANN) र ब्लड डोनर्स अफ अमेरीका (BDA)को संयुक्त सम्मेलन हुनलागेको सम्मेलनका संयोजक भुषणलाल श्रेष्ठले बताएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33447