सहारा एकेडेमीको अक्षयकोषमा यूके, वेल्जियम र हङकङबाट सहयोग प्राप्त

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-

पोखरा, पोखराको सहारा एकेडेमीको अक्षयकोषमा यूके, वेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ।

सहारा क्लवका शुभेच्छुकहरुले शनिबार पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमी अवलोकन गर्दै विभिन्न क्लवलाई १ लाख २० हजार रुपैया अक्षयकोषको लागि सहयोग रकम हस्तान्तरण गरेका हुन्।

टोलीले थप २० हजार रुपैया भने सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च समेत प्रदान गरेको क्लवले जनाएको छ। तमु धिं यू.के.का उपाध्यक्ष एवं रामबजार सोसाइटी यू.के.का पूर्व अध्यक्ष सहारा यूके सदस्य जुमकाजी गुरुङ/कमला गुरुङले सहारा क्लवले स्थापना गरेको अक्षयकोषमा नगद ५० हजार रुपैया आर्थिक सहयोग गरेकाछन्।

त्यसै गरी सहारा एकेडेमीका बालकहरुको खाजा खर्च वापत थप १० हजार रुपैया समेत गुरुङ परिवारले सहयोग गरेको हो। तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ/शर्मिला गुरुङबाट सहारा एकेडेमीको अयक्षकोषमा ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेकाछन्। सहारा हङकङका आजीवन सदस्य संतोष मल्लले उक्त अक्षयकोषमा १० हजार रुपैया सहयोग प्रदान गरेका हुन्। हङकङ नेपाली युवा समुहबाट उक्त अक्षयकोषमा १० हजार रुपैया सहयोग प्राप्त भएको छ।

सहारा क्लव यू्केका सल्लाहकार हरिकुमार श्रेष्ठ/सरिता श्रेष्ठले एकेडेमीका बालकहरुको खाजा खर्च वापत १० हजार रुपैया सहयोग गरेकाछन्। उक्त रकम क्लवका अध्यक्ष केशव बहादुर थापालाई एकेडेमीमा शनिबार नै हस्तान्तरण गरिएको हो।

तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ, सहारा क्लव यू्केका सल्लाहकार हरिकुमार श्रेष्ठ, पूर्व खेलाडी प्रसाद गुरुङ सहितका व्यक्तिहरुको करिब ४ दशकपछि भेटघाट भएको सुर्दशन रञ्जितले बताए। सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए। यसैबिच, आउँदो फागुनको तेश्रो सातादेखि आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता पोखरामा हुने भएको छ। उक्त फुटवल प्रतियोगिताबाट बचत हुन आउने रकम क्लवले सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको छ।





Comments

comments

33796