माओवादी नेताले बुझेका थिए बैंककमा विद्यार्थी अपहरणको फिरौती

काठमाडौं, १० पुस। थाइल्यान्डको बैंककस्थित एजुम्पसन विश्वविद्यालयमा अध्ययनरत अपहृत तीनजना नेपाली विद्यार्थीको उद्धारपछि प्रहरीले नेपालमा फिरौती बुझ्ने थप एक नेपाली पक्राउ गरेको छ। पक्राउ पर्नेमा मातृका यादव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज सुजन यादव भनिने श्रीचन राय छन्।

घटनाबारे जानकारी दिन बुधबार नेापल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गरी बैंककका अपहरणकारीसँग प्रत्यक्ष फोनसम्पर्कमा रहेका र फिरौती बुझ्ने सर्लाहीका रायको संलग्नता रहेको जानकारी गरायो।

सीआईबी र बैंकक प्रहरीको संयुक्त टोलीले तीन नेपाली विद्यार्थीलाई अपहरणमा परेको पाँच दिनपछि मंगलबार मुक्त गरेको थियो।

अपहरणमा संलग्नमध्येका पाकिस्तानी मूलका थाई नागरिक उकास रहमान र पाकिस्तानी नागरिक मोहम्मद जलिरको बयान र फोन सम्पर्कबारे अनुसन्धान गर्दा रायलाई पक्राउ गर्न सजिलो भएको थियो। प्रहरीले रायलाई खड्का भद्रकालीबाट बुधबार बिहान नियन्त्रणमा लिएको जानकारी सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले दिए।

एजुम्पसनमा पढ्दै गरेका नेपाली विद्यार्थी रोनेश श्रेष्ठ, कर्ण हाछेथू र विभूष रिजाल अपहरणमा परेका थिए। ठकुरीका अनुसार अपहरणकारीले एकजनालाई आफन्तसँग फोनसम्पर्क गराएर अपहरणमा परेको जानकारी गराएका थिए। अपहरणमुक्त गर्न अपहरणकारीले जनही एक करोड रुपैयाँ फिरौती मागेपछि घटना प्रहरीसमक्ष पुगेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।

थाइल्यान्डमा अपहरित ३ नेपाली विद्यार्थी सकुशल मुक्त
काठमाडौं, पुस ९ । थाइल्यान्डमा शुक्रबार अपहरणमा परेका तीन नेपाली विद्यार्थी पाँच दिनपछि मंगलबार मुक्त भएका छन्।

नेपाल प्रहरी र थाई प्रहरीको संयुक्त कारबाहीमा उनीहरू अपहरणमुक्त भएका हुन्। अपहरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य सात अपहरणकारी फरार भएका छन्।

थाइल्यान्डको बैंककस्थित एक विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका रोनिश श्रेष्ठ, कर्ण हाछेथू र दिवस रिजाललाई अज्ञात समूहले गत शुक्रबार अपहरण गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ। अपहरणको सूचना आएपछि कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका एसपी पीताम्बर अधिकारी बैंकक गएका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3429