बेलायतमा शनिवारदेखि वेपत्ता नेपाली मृत फेला…

मृतक युगल लिम्बू

रोशन मेवाहाङ / एचकेनेपाल डट कम –

लण्डन, फागुन २७ । विगत ४ बर्षदेखि केन्ट, आसफोर्डमा बसोबास गर्दै आएका सुनसरी धरानका युगल लिम्बू मृत अवस्थामा भेटिएका छन्।

३३ वर्षीय लिम्बू गत शनिवार दिउँसोदेखि सम्पर्कविहिन थिए। नेपालीहरुको निकै बाक्लो जनघनत्व रहेको आसफोर्ड शहरमा लिम्बूलाई खोजी गर्न केन्ट प्रहरीले नेपालीहरुसंग सहयोग गर्न आग्रहसमेत गरेका थिए।

सुरक्षा क्षेत्रमा कार्यरत लिम्बू शनिवार साँझ काम सकेपछि आसफोर्ड बजारबाट आफ्नो घरतर्फ हिड्दै गएको सीसी टिभी फूटेजमा देखिएका थिए। तीव्ररुपमा प्रहरी हेलिकप्टरद्वारा खोजिएको लिम्बूको शब ‘भिक्टोरिया पार्क‘ नजिकैको स्टावर नदीमा सोमबार मृत अवस्थामा भेटिएका थिए। लिम्वूको शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनास्थल घेराबन्दी गर्दै प्रहरी

भद्र र शालिन स्वभावका लिम्बूको निधन कसरी भयो भन्न नसकिए पनि ‘स्टावर नदी’ नजिकै उनको छुरा प्रहार गरी हत्या गरिएको आंशका गरिएको छ।

वेलायती नेपाली समाजभित्र पछिल्लो समय विभिन्न किसिमका जघन्य अपराध घटिरहेका छन्। गायक यमबुद्ध, लण्डन थेम्स नदी, फोटो पत्रकार गुरुङलगायतको हत्याकाण्ड आख़िर कसले गरिरहेको छ? बेलायती प्रहरी र नेपाली समाज भने अझै अन्योलमा छन्।





Comments

comments

34498