कोरोनाभाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु…

.

सम्वाददाता / एचकेनेपाल डट कम –

लन्डन, २२ मार्च। कोरोनाभाइरसबाट बेलायतमा एक जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्व गोर्खा सैनिक लिलाबहादुर राई रहेका छन्।

संखुवासभा खाँदबारी नगरपालिका १० घर भएका ६६ वर्षीय राईको लण्डनको नर्थविक पार्क हस्पिटलमा उपचारको क्रममा मार्च १७ तारिख मृत्यु भएको हो।

उनको मृत्युको औपचारिक जानकारी शनिवार मात्र अस्पतालले दिएको हो। उनको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टि गरेको छ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित राईको दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

राईको मृत्युपछि उनको परिवारलाई हाल ‘आइसोलेसन’मा राखिएको छ। उनी १७ वर्ष बेलायती सेनामा कार्यरत थिए।

सन् २००८ देखि उनी लन्डनको साउथ ह्यारोमा श्रीमती र छोराबुहारीसंग बस्दै आएका थिए।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

34772