क्यारी लामका कार्यालयका पूर्व कर्मचारीद्वारा आत्महत्या

घटनाको अनुसन्धान गर्दै प्रहरी

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ अप्रिल। हङकङकी कार्यकारी प्रमुख क्यारी लामका कार्यालयमा काम गर्ने पूर्व कर्मचारीले आफ्नै अपार्टमेन्टको झ्यालबाट हाम्फालेर आत्महत्या गरेका छन्।

फाम नामका ३२ वर्षीय पुरुषले शनिवार साँझ चुन क्वान ओस्थित किङ लाम एस्टेटमा रहेको आफ्नो अपार्टमेन्टको झ्यालबाट हाम्फालेर आत्महत्या गरेका हुन्। उसलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए। उनको शव तल आँगनमा फेला परेको थियो। प्रहरीले घटनास्थलमा कुनै सुसाइड नोट फेला नपरेको बताएको छ।

मृतक थाम मुख्य कार्यकारी क्यारी लामको कार्यालयमा प्रेस अधिकारीको रुपमा कार्यरत थिए।

कामको बोझका कारण डिप्रेसनबाट ग्रस्त थाम आफ्ना आमा बुबा र दिदीसँग बस्दै आएका थिए। मार्च ३० तारिख जागिरबाट राजीनामा दिएका थामले ५ दिनपछि आत्महत्या गरेका थिए।

त्यस्तै, आइतवार एकै दिन करीव ४ घण्टाको अन्तरालमा दुई जनाले आत्यहत्या गरेका छन्।

चुन मुनको टिङ स्टेटस्थित टिङ ताई हाउसको छतबाट हाम्फालेर ५० वर्षीय एक पुरुषले आत्यहत्या गरेका छन्। अर्को चाई वानस्थित हेङ फा चुएनको छतबाट हाम्फालेर ६० वर्षीय बृद्धले आत्यहत्या गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35205