हङकङका सबै विद्यालय मे अन्तिमसम्म बन्द रहने, थप २१ जनामा कोरोना सङ्क्रमण…

फोटोः 247 News TODAY

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, ७ अप्रिल। लुनार न्यु इयरदेखि बन्द रहेका हङकङका सबै विद्यालयहरु मे अन्तिमसम्म नखुल्ने भएको छ।

कोरोनाभाइरस (कोभिड१९)को प्रकोपका कारण बन्द रहेका सबै किन्डरगार्टन, प्राथमिक, माध्यमिक र विश्वविद्यालयहरू मे अन्तिमसम्म बन्द रहने जनाइएको छ।

हङकङमा कोरोना प्रकोप फैलिन नदिन सरकारले लागु गरेको सामाजिक दूरीको नयाँ नियम लागु गरेपछि विद्यालयको खुल्ने मितिलाई पुनः लम्ब्याएको खबर साउथ चाइना मर्निङ पोष्टले अनलाइन संस्करणमा प्रकाशित गरेको छ।

सरकारले लुनार न्यु इयर होली डेको बिदालाई पहिलो पटक फेब्रुअरी १७ सम्म विस्तार गरेको थियो। त्यसपछि मार्च २, मार्च १६ र अप्रिल २० तारिख गर्दै पाँचौं पटक विदालाई विस्तार गर्दै मे अन्तिमसम्म पुर्याएको हो।

विद्यालयहरु बन्द रहे पनि कक्षाहरु अनलाईनमार्फत सञ्चालन हुने छन्।

हङकङमा मंगलवार थप २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यससंगै सङ्क्रमितको संख्या ९३६ पुगेको छ। सङ्क्रमितमध्ये २१६ जना स्थास्थ्यलाभ गरी घर फर्किएका छन्। त्यसैगरी, १४ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङमा कोरोनाभाइरसबाट ४ जनाको ज्यान गइसकेको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35280