कोरोना सङ्क्रमित बेलायती प्रधानमन्त्री जोनसोन आईसीयूमा

प्रधानमन्त्री जोनसोन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा राखिएको छ।

प्रधानमन्त्री जोनसोनको अवस्था गम्भीर बनेपछि मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन्।

प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको बीबीसीले बताएको छ।

प्रधानमन्त्री जोनसोन लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई जानकारी गराइएको छ।

५५ वर्षका जोनसोनमा १० दिनअघि जाँच गराउँदा कोरोना संक्रमणको पुष्टि भएको थियो।

प्रधानमन्त्री जोनसोनले अवश्यकता अनुसार आफ्नो काम गर्न विदेश मन्त्री डोमिनिक राबलाई तोकेका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35273