हङकङमा थप एक नेपालीलाई कोरोना सङ्क्रमण..

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ अप्रिल। हङकङमा कोरोनाभाइरस सङ्क्रमित एक नेपाली परिवारमाथि गम्भीर लापरवाही भएको खुलासा भएको छ।

स्वास्थ्यकर्मीको गल्तीले कोरोना सङ्क्रिमत एक नेपाली परिवारको २१ वर्षका छोरालाई उपचारको लागि अस्पताल भर्ना गराउंनको सट्टा निरोगी बाबुलाई अस्पताल भर्ना गरिएको तथ्य बाहिर आएको छ। कोरोनाभाइरसको सङ्क्रमण बिना नै बाबुले आइसोलेसन वार्डमा रातभर लामो समय बिताएको तथ्य बाहिरिएको छ।

स्वास्थ्य अधिकारीले स्वंय सेन्टर फर हेल्थ प्रोटेक्सनको दैनिक ब्रिफिङमा यो गम्भीर गल्तीको खुलासा गरेका हुन्।

वान चाई बस्ने एक नेपाली परिवारमाथि भएको गम्भीर लापरवाहीलाई गल्तीले भएको भन्दै परिवारसंग माफी मागेको बताइएको छ। नाम र अनुहार उस्तै लागेकोले यस्तो गल्ती भएपनि ल्याबको रिजल्टमा फरक नपरेको सेन्टरका प्रमुख वोङ का हिङले बताए।

छोरा, बाबु र आफन्त क्वारान्टिन सेन्टर गएकोमा बाबुलाई यूनाइटेड क्रिश्चियन हस्पिटलमा लगिएको थियो। छोरालाई भने क्वारान्टिन सेन्टरमा छाडिएको थियो।

परिवारसंग माफी माग्दै छोरालाई अस्पतालमा उपचारको लागि आइसोलेसनमा राखिने व्यवस्था मिलाएको छ भने बाबुलाई क्वारान्टिन सेन्टरमा पठाइएको छ, वोङले भने।

कोरोना भाइरस सङ्क्रमित नेपालीको अन्यको जस्तै परिचय गोप्य राखिएको छ। यसअघि, २८ बर्षीय गुरुङ थरका एक नेपालीलाई कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको थियो। यससंगै अधिकारिकरुपमा हङकङमा दुई नेपालीलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35300