फेरि ३५ करोडका सामान किन्दै स्वास्थ्य सेवा विभाग

फाइल फोटो

ओम्नी समूहलाई स्वास्थ्य उपकरण खरिदको ठेक्का दिएर विवादमा परेको स्वास्थ्य सेवा विभागले फेरि विभिन्न स्वास्थ्य उपकरण किन्न टेन्डर आह्वान गरेको छ।

एक अर्ब २५ करोड भन्दा बढी रकमको खरिद प्रक्रिया विवादमा तानिएपछि ओम्नीसँगको ठेक्का रद्द गरेको विभागले मंगलबार करिब ३५ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर प्रकाशित गरेको हो।

ओम्नीसँगको ठेक्का रद्द गरिएपछि मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मेवारी दिइसकेको अवस्थामा विभागले फेरि खरिद प्रक्रिया अगाडि बढाउनुको रहस्य जन्माएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

35306