हङकङमा गर्भवती नेपाली महिलालाई कोरोना सङ्क्रमण

फाइल फोटो

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, ८ अप्रिल। हङकङमा ३९ वर्षीया गर्भवती नेपाली महिलालाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य अधिकारीले सेन्टर फर हेल्थ प्रोटेक्सनको दैनिक ब्रिफिङमा नेपालीमूलकी १९ हप्ताकी गर्भवती महिलामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको जानकारी दिएका हुन्।

उनको केस नं 933 हो। संक्रमणको स्रोत अज्ञात भनिएको छ। किनभने हालै विदेश यात्रा गरेको उनको इतिहास छैन। उनलाई स्थानीयरुपमा सङ्क्रमण भएको अनुमान गरिएको छ। उनमा अप्रिल २ मा संक्रमणको लक्षण देखिएपछि क्वीन एलिजाबेथ अस्पतालमा परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको हो।

उनी छोरासंग याउ मा तेईस्थित १०९ टेम्पल स्ट्रिटमा बस्ने गर्छिन्। उनका नजिक सम्पर्कमा रहेका व्यक्तिहरुको नाम सूचीबद्ध गरिने जनाइएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमित नेपालीको संख्या तीन पुगेको छ।

-हङकङमा कोरोना सङ्क्रमित नेपाली परिवारमाथि लापरवाही…
-हङकङमा कोरोनाभाइरस [अपडेट]

हङकङमा मंगलवार थप २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यससंगै सङ्क्रमितको संख्या ९३६ पुगेको छ। सङ्क्रमितमध्ये २१६ जना स्थास्थ्यलाभ गरी घर फर्किएका छन्। त्यसैगरी, १४ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङमा कोरोनाभाइरसबाट ४ जनाको ज्यान गइसकेको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35313