हङकङ कोरोना अपडेट : थप ६१ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु, जोर्डनमा लक डाउनको हल्ला…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,९२९ पुगेको छ। सङ्क्रमितहरुमा ५५ स्थानीय र ६ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये २९ पुराना केससंग संबन्धित छन् भने २६ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा ५ वर्षदेखि ८३ वर्ष उमेरबीचका नागरिक रहेका छन्।

आज पनि ५० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्।

भिडियो समाचारः

सङ्क्रमितमध्ये २४ जना र स्रोत नखुलेका १३ जना गरी ३७ जना सङ्क्रमित याउ चिम मोङ जिल्लाका बासिन्दा रहेका छन्। तिनीहरू मध्ये ८ जना अनिवार्य भाइरस टेस्ट गर्न सूचीबद्ध गरिएका क्षेत्रमा बस्नेहरु रहेका छन्।

त्यस्तै, चेउङ क्वान ओ – लाम टिन टनेल निर्माण साइटसंग जोडिएका थप १ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Block 3, The Grandiose र Block 3, Verbena Heights Tseung Kwan O, Yuet Chui Court Chai Wan, Healey Building Castle Peak Road Yuen Long, 35 र 65-70 Battery Street Yau Ma Tei रहेका छन्।

त्यसै गरी, 260, Tai Nan Street, Sham Shui Po र 95, Kweilin Street Sham Shui Po रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ८,९४८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७१८ जनाको उपचार भइरहेको छ। ३४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोानाबाट थप १ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा ६६ वर्षीया महिला रहेकी छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६८ पुगेको छ।

रातो घेरामा कोर जोन , साभार : SCMP

यसैगरी, जोर्डन र याउ मा तेईमा लक डाउनको हल्ला चलिरहेको छ। कोरोनाको महामारीका कारण हङकङमा पहिलो पटक लक डाउनको तयारी भइरहेको हल्ला फैलिएको छ।

यदि सरकारले साँच्चिकै लक डाउन गर्ने हो भने दसौं हजार मानिसहरुलाई तालाबन्दीमा राख्नुपर्ने हुन्छ। यो अहिलेसम्मकै कोरोनाकालीन समयको यो सबैभन्दा कठोर उपाय हुने छ। स्रोतका अनुसार यसको लागि करीब १७ सय जना कर्मचारी परिचालन गरिने भएको छ।

सम्भवतः शनिवार बिहानदेखि नाथन रोड, जोर्डन रोड, कन्सु स्ट्रिट र फेरी स्ट्रिटभित्र लक डाउन गरिने छ। जसले करीब १५० भवनका बासिन्दा प्रभावित हुने छन्।

यद्यपि, सरकारले अहिलेसम्म लकडाउन अौपचारिक घोषणा गरेको छैन। तर विभिन्न समाचार माध्यमहरुले लकडाउन हुन सक्ने भन्दै समाचार दिइरहेका छन्।

लकडाउनको बेला नियम उलंघन गरेको पाइएमा ६ महिना जेल सजाय र २५ हजार डलर जरिवाना लाग्ने जनाइएको छ। गत डिसेम्बर ८ तारिखमात्र पारित भएको यो कानुनअनुसार बढीमा एक हप्तासम्म लकडाउन गर्न सकिने छ।

भिडियो हेर्न इमेजमा क्लिक गर्नुहोला।

यसअघिका अपडेटको लागि तल हेर्नुहोला…

हङकङ कोरोना अपडेट : थप ७० जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु, नेपालबाट आएकालाई कोरोना सङ्क्रमण, ४० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण…

हङकङ, २१ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,८६८ पुगेको छ। सङ्क्रमितहरुमा ६३ स्थानीय र ७ आयातित रहेका छन्।

आयातित सङ्क्रमितहरुमा १ जना नेपालबाट आएका, ३ जना दुबाईबाट आएका, १ जना मलेसिया र २ जना इन्डोनेसियाबाट आएका घरेलु सहयोगीहरु रहेका छन्।

संक्रमितहरुमध्ये ४७ पुराना केससंग संबन्धित छन् भने १६ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा २ महिनाको बच्चादेखि ८३ वर्ष उमेरबीचका नागरिक रहेका छन्।

आज पनि ४० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्।

याउ चिम मोङ जिल्लामा ३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। तिमध्ये १४ जना जोर्डनबासी रहेका छन्।

याउ मा तेईका थप २ भवनमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा 121, Woosung Street र 7-10, Ferry Street रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ८,९०४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६९५ जनाको उपचार भइरहेको छ। ३७ जना कोरोना संक्रमित बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोानाबाट थप १ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा ७४ वर्षीया महिला रहेकी छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६७ पुगेको छ।

हङकङ कोरोना अपडेट : जोर्डन र याउ मा तेईमा बस्ने थप १८ जना नेपालीलाई कोरोना सङ्क्रमण, २ जनाको मृत्यु, ६० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण…

हङकङ, २० जनवरी। कोरोनाको इपिसेन्टर बनेको जोर्डन र याउ मा तेईमा बस्ने थप १८ जना नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

हङकङमा २४ घण्टाभित्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ। सङ्क्रमितमध्ये जोर्डन र याउ मा तेईमा बस्ने १८ जना नेपालीसमेत रहेका छन्। त्यस्तै त्यस क्षेत्रमा बस्ने ६ जना भारतीय पनि कोरोना सङ्क्रमित भएका छन्।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,७९८ पुगेको छ।

संक्रमितहरुमध्ये ४० पुराना केससंग संबन्धित छन् भने ३७ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा १ वर्षदेखि ९४ वर्ष उमेरबीचका नागरिक रहेका छन्।

३० जना सङ्क्रमित याउ मा तेई कम्युनिटी सेन्टर र मोबाइल टेस्टिङ सेन्टरबाट फेला परेका छन्।
आज पनि ६० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्। त्यसमध्ये ३० जना कोरोना सङ्क्रमितहरु हेनरी जी लियोङ याउ मा तेई कम्युनिटी सेन्टरमा भाइरस टेस्ट गर्दा फेला परेका छन्।

याउ चिम मोङ जिल्लामा मात्र ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। तिमध्ये १५ जना कोरोना सङ्क्रमित यसअघि अनिवार्य भाइरस टेस्ट गर्न सुझाएका पुराना भवनका बासिन्दाहरु रहेका छन्।

चेयुङ क्वान ओ- लाम टिन निर्माण साइटसंग सम्बन्धित थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
आज पनि थप ७ भवनमा बस्ने सबैलाई भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Man Yiu Building 25-47 Man Wai Street Jordan, 571-573, Canton Road, 511, Canton Road, 27-31, Ning Po Street Jordan आदि रहेका छन्।

त्यस्तै 223, Yen Chow Street Sham Shui Po मा बस्नेलाई पनि अनिवार्य भाइरस टेस गर्न अपिल गरेको छ।

कोरोनाको इपिसेन्टर बनेको जोर्डन र याउ मा तेईको क्षेत्र, जहाँ नेपालीको ठूलो आवादी रहेको छ। स्रोतः फूड एण्ड हेल्थ ब्यूरो

पछिल्लो सरकारी आकाँडा अनुसार ८,८६४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६५९ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना संक्रमित बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोानाबाट थप २ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा २ जेष्ठ नागरिक रहेका छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ।

हङकङ कोरोना अपडेट : थप १७ नेपालीलाई सङ्क्रमण, ६० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण…

हङकङ, १९ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,७२१ पुगेको छ। सङ्क्रमितहरुमा ५५ स्थानीय र १ आयातित रहेका छन्।

आयातितहरुमा १ जना इन्डोनेसियाली घरेलु सहयोगी रहेका छन्।

संक्रमितहरुमध्ये ३२ पुराना केससंग संबन्धित छन् भने २३ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा ९ वर्षदेखि ९५ वर्षको जेष्ठ नागरिक रहेका छन्।

५५ जना सङ्क्रमितहरुमध्ये नेपालीमात्र १७ जना रहेका छन्।

आज पनि ६० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्। त्यसमध्ये ३० जना कोरोना सङ्क्रमितहरु हेनरी जी लियोङ याउ मा तेई कम्युनिटी सेन्टरमा भाइरस टेस्ट गर्दा फेला परेका छन्।

सङ्क्रमणको स्रोत नखुलेका २३ मध्ये १० जना सङ्क्रमितहरु याउ मा तेई, चिम सा चुई र मङ कोकबाट भेटिएका हुन्। २१ जना सङ्क्रमितहरु हेनरी जी लियोङ याउ मा तेई कम्युनिटी सेन्टर र मोबाइल टेस्टिङ सेन्टरबाट फेला परेका हुन्।

१५ जना कोरोना सङ्क्रमित यसअघि अनिवार्य भाइरस टेस्ट गर्न सुझाएका पुराना भवनका बासिन्दाहरु रहेका छन्। अल्पसंख्यक जातिहरु बस्ने यस इलाकामा सङ्क्रमित हुनेहरुमा थप १७ जना नेपाली, २ भारतीय र ३ जना बंगलादेशी रहेका छन्।

सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ।

थप ७ भवनमा बस्ने सबैलाई भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा unit 1 Temple Street, 197 Shanghai Street, 1 Wai Ching Court, Wai Ching Street Jordan रहेका छन्। त्यहाँ बस्ने एक एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जनाइएको छ।

यसैबीच सरकारले यसअघि लागु गरिएको सामाजिक दूरीको नियम अर्को बुधवार २७ तारिखसम्म विस्तार गरिने भएको छ।

अहिलेसम्म याउ मा तेई र जोर्डनमा ३७ वटा भवनमा बस्ने १ लाख ३ हजार ४ सय जनाले कोरोना भाइरसको टेस्ट गरिसकेका छन्।

सरकारले अझै भाइरस टेस्टको अवधि बढाएको छ। त्यस्तै भाइरस टेस्टको दायरा बढाएर ७० भवन थपेको छ। ति भवनहरुमा सङ्क्रमित फेला परे पनि नपरे पनि अनिवार्य भाइरस टेस्ट गर्न अपिल गरिएको छ। ति भवनहरु Pak Hoi Street, Temple Street, Ning Po Street र Reclamation Street Yau Ma Tei/ Jordan क्षेत्रभित्रका रहेका छन्।

यसैबीच २३ जनवरीदेखि ब्राजिल र आयरल्यान्डमा कम्तिमा २ घण्टा बिताएका सबै यात्रुहरूलाई २१ दिनसम्म हङकङ प्रवेश गर्न निषेध गरिने भएको छl

पछिल्लो सरकारी आकाँडा अनुसार ८,८२८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६३९ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना संक्रमित बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।
कोरोानाबाट थप एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।

हङकङ कोरोना अपडेट : थप १०७ जनामा सङ्क्रमण, नेपाली समुदाय ठूलो जोखिममा, नेपालबाट आएका २ जनालाई कोरोना…

हङकङ, १८ जनवरी। हङकङमा २४ घण्टाभित्र थप १०७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।
यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,६६५ पुगेको छ। सङ्क्रमितहरुमा १०२ स्थानीय र ५ आयातित रहेका छन्।

आयातितहरुमा २ जना नेपालबाट फर्केका, २ जना इन्डोनेसियाली घरेलु सहयोगीहरु र १ जना दुबाईबाट हङकङ आएका रहेका छन्।

संक्रमितहरुमध्ये ६० पुराना केससंग संबन्धित छन् भने ४२ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा २ महिनाको बच्चादेखि ९४ वर्षीय जेष्ठ नागरिक रहेका छन्। ५ जना कोरोना सङ्क्रमित सम्पर्कमा नआएको जनाइएको छ। तिनीहरुले सम्भवतः हेनरी जी लियोङ याउ मा तेई कम्युनिटी सेन्टरमा भाइरस टेस्ट गराएका थिए।

आज पनि ५० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्। २८ जना कोरोना सङ्क्रमित हेनरी जी लियोङ याउ मा तेई कम्युनिटी सेन्टरमा भाइरस टेस्ट गर्दा फेला परेका छन्।

चेउङ क्वान ओ – लाम टिन टनेल निर्माण साइटसंग जोडिएका थप १ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यससंगै लाम टिन टनेल निर्माण साइटसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ४७ पुगेको छ। त्यस्तै, सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ। यससंगै सेन्ट्रल टनेलसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ३४ पुगेको छ।

याउ मा तेई, चिम सा चुई र मङ कोकभित्र थप २० जना कोरोना सङ्क्रमित थपिएका छन्। तिमध्ये १० जना यसअघि सङ्क्रमित भएका घरमा बसेका रहेका छन्।

जनवरी ४ यता थपिएका ६६१ कोरोना सङ्क्रमितमध्ये २५ प्रतिशत नेपाली र थोरै मात्रामा भारतीय रहेका छन्। याउ मा तेईमा बस्ने १६० जना सङ्क्रमित रहेका छन्। १२० जना त कोरोना फैलिएको त्यही पुराना भवनका रहेका छन्।

थप ७ भवनमा बस्ने सबैले अनिवार्य भाइरस टेस्ट गर्नु पर्ने भएको छ। ति भवनहरुमा 84-186, Shanghai Street, Hang Fook Building Shanghai Street, 18, Reclamation Street, 28-34, Battery Street, 163 र 230-236, Temple Street र 542, Canton Road रहेका छन्।

पछिल्लो पटक नेपालीद्वारा तीब्ररुपमा कोरोना फैलिएपछि स्वास्थ्य अधिकारीहरु नेपाली समुदायसंग अतालिएका छन्। नेपालीको आनीबानीले गर्दा नेपाली समुदायभित्र कोरोनाको जोखिम बढेकोमा चिन्ता व्यक्त गरेका छन्। नेपालीहरु जमघट रुचाउंने एकआपसमा चुरोट साट्ने, खाना बाँड्ने जस्ता संस्कृतिले नेपाली समुदायमा सजिलै कोरोना फैलिएको आशंका व्यक्त गरेका छन्।

यसअघि, अधिकांश नेपाली बस्ने रिक्लेमेसन स्ट्रीटका २०, २२, २४ र २६ नम्बर भवनमा बस्नेलाई क्वारेन्टिन केन्द्रमा पठाएर परीक्षणको प्रक्रिया शुरु गरेको थियो।

यस क्षेत्र र वरपरका कोरोना सङ्क्रमितको संख्या १२० पुगेको छ।

आइतवार ४ भवनमा बस्ने सबैले अनिवार्य भाइरस टेस्ट गर्न सूचित गरेको थियो। ति भवनहरु Vico Mansion, 3-5 Nanking Street, Yau Ma Tei, Sheung On Mansion at 11-17, Battery Street, 18, Ferry Street in Mong Kok र 157-159, Temple Street रहेका छन्। यसअघि ति हरेक भवनमा कम्तीमा एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।

त्यस्तै नाथान रोड, जोर्डन रोड, फेरी स्ट्रीट र कन्सु स्ट्रीटभित्रका कम्तीमा २० भवनमा सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रमा बस्ने नेपालीसहित हजारौंले भाइरस टेस्ट गराएका थिए।

नेपाली समुदायमा कोरोना तीब्र रुपमा फैलिएपछि हङकङ सरकारले नेपाली महावाणिज्यदूत, नेपाली सङ्घसंस्था, एनजीओ र स्थानीय नेताहरुसंग सहकार्य गरेर भाइरस टेस्ट गराउंने र कोरोनाबारे जनचेतना फैलाउने भएको छ। यो अभियान अन्य अल्पसंख्यक भारतीय र पाकिस्तानी समुदायमा पनि जारी राख्ने जनाइएको छ।

पछिल्लो आकाँडा अनुसार ८,७८६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५७८ जनाको उपचार भइरहेको छ। ४१ जना कोरोना संक्रमित बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोानाबाट हङकङमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ।

हङकङ कोरोना अपडेट : थप ५५ जनामा सङ्क्रमण, ८० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण …

हङकङ, १७ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,५५८ पुगेको छ। सङ्क्रमितहरुमा ५१ स्थानीय र ४ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये ३५ पुराना केससंग संबन्धित छन् भने १६ जनाको संक्रमणको स्रोत खुलेको छैन।

८० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्। तिमध्ये अधिकांश हेनरी जी लियोङ याउ मा तेई कम्युनिटी सेन्टरमा भाइरस टेस्ट गर्दा फेला परेका हुन्।

चेउङ क्वान ओ – लाम टिन टनेल निर्माण साइटसंग जोडिएका थप ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यससंगै लाम टिन टनेल निर्माण साइटसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ४६ पुगेको छ। त्यस्तै, सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप ३ जनामा कोरोना पोजिटिभ देखिएको छ। यससंगै सेन्ट्रल टनेलसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ३३ पुगेको छ।

यसअघि, अधिकांश नेपालीसहित अल्पसंख्यक समुदाय बस्ने रिक्लेमेसन स्ट्रीटस्थित कोरोना फैलिएका भवनमा बस्ने थप ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। रिक्लेमेसन स्ट्रीटका २०, २२, २४ र २६ नम्बर भवनमा बस्नेलाई क्वारेन्टिन केन्द्रमा पठाइसकेको छ।

यस क्षेत्र वरपरका कोरोना सङ्क्रमितको संख्या ९९ पुगेको छ।

थप ४ भवनमा बस्ने सबैले अनिवार्य भाइरस टेस्ट गर्न सूचित गरेको छ। ति भवनहरु Vico Mansion, 3-5 Nanking Street, Yau Ma Tei, Sheung On Mansion at 11-17, Battery Street, 18, Ferry Street in Mong Kok र 157-159, Temple Street रहेका छन्। ति हरेक भवनमा कम्तीमा एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जनाइएको छ।

यसअघि पनि नाथान रोड, जोर्डन रोड, फेरी स्ट्रीट र कन्सु स्ट्रीटभित्रका कम्तीमा २० भवनमा सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रमा बस्ने नेपालीसहित हजारौंले भाइरस टेस्ट गराएका थिए।

सेन्टरका अनुसार ८,७५८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५५२ जनाको उपचार भइरहेको छ। ४२ जना कोरोना संक्रमित बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोानाबाट हङकङमा मृत्यु हुनेको संख्या १६२ पुगेको छ।

हङकङ कोरोना अपडेट : थप ५० जनामा सङ्क्रमण, नेपालीसहित हजारौं पीसीआर परीक्षणमा सहभागी…

हङकङ, १६ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,५०३ पुगेको छ। सङ्क्रमितहरुमा ४९ स्थानीय र १ आयातित रहेका छन्।

आयातित सङ्क्रमितमध्ये एक जना पाकिस्तानबाट हङकङ आएका रहेका छन्। संक्रमितहरुमध्ये ३४ पुराना केससंग संबन्धित छन् भने १५ जनाको संक्रमणको स्रोत खुलेको छैन।

सामुदायिक परीक्षण केन्द्रमा भारइस टेस्ट गर्दा थप ११ जनामा कोरोना पोजिटिभ देखिएको जनाइएको छ।

चुन क्वान ओ – लाम टिन टनेल निर्माण साइटसंग जोडिएका थप २ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यससंगै लाम टिन टनेल निर्माण साइटसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ४२ पुगेको छ। त्यस्तै, सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप ४ जनामा कोरोना पोजिटिभ देखिएको छ। यससंगै सेन्ट्रल टनेलसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ।

अधिकांश नेपालीसहित अल्पसंख्यक समुदाय बस्ने रिक्लेमेसन स्ट्रीटका २०, २२, २४ र २६ नम्बर भवनमा बस्नेलाई क्वारेन्टिन केन्द्रमा पठाइएको छ।

यसैबीच नाथान रोड, जोर्डन रोड, फेरी स्ट्रीट र कन्सु स्ट्रीटभित्रका कम्तीमा २० भवनमा सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रमा बस्ने नेपालीसहित हजारौंले पीसीआर परीक्षण गराएका छन्।

हङकङ कोरोना अपडेट : थप ३८ जनामा सङ्क्रमण, रिक्लेमेसन स्ट्रीटका ९० जनालाई क्वारेन्टिनमा पठाइयो…

हङकङ, १५ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,४५३ पुगेको छ। सङ्क्रमितहरुमा ३५ स्थानीय र ३ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये २१ पुराना केससंग संबन्धित छन् भने १४ जनाको संक्रमणको स्रोत खुलेको छैन।

सामुदायिक परीक्षण केन्द्रमा भारइस टेस्ट गर्दा १३ जनामा कोरोना पोजिटिभ देखिएको छ। ४० जनाभन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ। अधिकांश याउ चिम मोङमा यसअघि सङ्क्रमण पुष्टि भएका विरामीको सम्पर्कमा आएकाहरु रहेका छन्।

तीन जना आयातितहरुमा स्विजरल्याण्ड, इन्डोनेशिया र फिलिपिन्सबाट आएका घरेलु सहयोगी रहेका छन्।

सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप ४ जनामा कोरोना पोजिटिभ देखिएको छ। यससंगै सेन्ट्रल टनेलसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या २६ पुगेको छ। यसअघि, लाम टिन टनेल निर्माण साइटसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ४४ पुगेको छ।

याउ चिम मोङ जिल्लामा मात्र दुई साताभित्र ८१ स्थानीय सङ्क्रमित थपिएका छन्। त्यसमध्ये रिक्लेमेसन स्ट्रीटको २०, २२, २४ र २६ नम्बर भवनबाट २७ जनामा सङक्रमणको पुष्टि भएको छ। जहाँ अधिकांश नेपालीसहित अल्पसंख्यक समुदायहरू बसोबास गर्छन्। रिक्लेमेसन स्ट्रीटका करीव ९० जना बासिन्दालाई घर खाली गरी क्वारेन्टिन केन्द्रमा पठाइएको छ।

नाथान रोड, जोर्डन रोड, फेरी स्ट्रीट र कन्सु स्ट्रीटभित्रका कम्तीमा २० भवनमा सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रमा बस्नेलाई भाइरस टेस्ट गर्न अपिल गरिएको छ।

South China Morning Post मा प्रकाशित म्यापमा हेर्नुहोला।

भाइरस टेस्टको लागि याउ मा तेईको हेनरी जी लियोङ कम्युनिटी सेन्टर र जोर्डनको क्वान चुंग स्पोर्ट्स सेन्टरमा मोबाइल परीक्षण स्टेशन स्थापना गरिने भएको छ। त्यसबाहेक कम्तिमा एउटा मोबाइल परीक्षण वाहन पनि खटाइने भएको छ।

हङकङ कोरोना अपडेट : थप २९ जनामा सङ्क्रमण, लाम टिन टनेलसंग जोडिएका सङ्क्रमितको संख्या ४४ पुग्यो…

हङकङ, १४ जनवरी। हङकङमा २४ घण्टाभित्र थप २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।
यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,४१५ पुगेको छ। सङ्क्रमितहरुमा २६ स्थानीय र ३ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये १३ पुराना केससंग संबन्धित छन् भने १३ जनाको संक्रमणको स्रोत खुलेको छैन।

आयातितहरुमा अमेरिका र पाकिस्तानबाट आएका र एक जना फिलिपिन्सबाट हङकङ फर्केकी घरेलु सहयोगी रहेका छन्।

चुन क्वान ओ – लाम टिन टनेल निर्माण साइटसंग जोडिएका थप २ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यससंगै लाम टिन टनेल निर्माण साइटसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ४४ पुगेको छ।

सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप २ जनामा कोरोना पोजिटिभ देखिएको छ। यससंगै सेन्ट्रल टनेलसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या २२ पुगेको छ।

हङकङका तीन भवनका सबैलाई अनिवार्य भाइरस टेस्टको लागि निर्देशन दिइएको छ। ती भवनहरुमा १६३-१६५ शंघाई स्ट्रीट, युन लङको ८ क्वोङ यिप स्ट्रीटस्थित द स्पेक्ट्रा र क्वाई चुङको शेक याम एस्टेटस्थित शेक यान शेक हाउस रहेका छन्।

हङकङ कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण, लाम टिन टनेल र सेन्ट्रल टनेलसंग जोडिएका थप ६ जना सङ्क्रमित…

हङकङ, १३ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ९,३८६ पुगेको छ।

संक्रमितहरुमध्ये ३१ पुराना केससंग संबन्धित छन् भने ११ जनाको संक्रमणको स्रोत खुलेको छैन।

चुन क्वान ओ – लाम टिन टनेल निर्माण साइटसंग जोडिएका थप ४ जना र सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप २ जनामा कोरोना पोजिटिभ देखिएको छ। यससंगै सेन्ट्रल टनेलबाट सङ्क्रमित हुनेको संख्या २० पुगेको छ।

हङकङ र काउलुन फेरीसंग जोडिएका थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ। योसंग जोडिएका कोरोना सङ्क्रमितको संख्या ६ पुगेको छ।

जोर्डन रिक्लेमेसन स्ट्रीटका कोरोना सङ्क्रमितको क्लोज कन्ट्याक्टमा रहेका कम्तीमा २० जनालाई भाइरस परीक्षण र क्वारेन्टिनमा जानु पर्ने जनाएको छ।

सेन्टरका अनुसार ८,५८४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५६८ जनाको उपचार भइरहेको छ। ४१ जना कोरोना संक्रमित बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट आज विहान १ विरामीको मृत्यु भएको पामेला यूड नेथर्सोल इस्टर्न अस्पतालले जनाएको छ।

यससंगै कोरोानाबाट हङकङमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ।

कुनै देशको आँकडा हेर्न तल Type for Search… बक्समा देशको पूरा नाम टाईप गर्नुहोला

हङकङ कोरोना अपडेट : थप ४१ जनामा सङ्क्रमण, दुई टनेलबाट थप ९ जना सङ्क्रमित…

हङकङ, ११ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

संक्रमितहरुमा ३८ स्थानीय र ३ जना आयातित रहेका छन्। यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ९,२८४ पुगेको छ।

संक्रमितहरुमध्ये २७ पुराना केससंग संबन्धित छन् भने ११ जनाको संक्रमणको स्रोत खुलेको छैन।

आयातित सङ्क्रमितहरुमा अमेरिकाबाट आएका २ जना र फिलिपिन्सबाट आएका १ जना रहेका छन्।

चुन क्वान ओ – लाम टिन टनेल निर्माण साइट र सेन्ट्रल काउलुन रूट सेन्ट्रल टनेलसंग जोडिएका थप ९ जनामा कोरोना पोजिटिभ देखिएको छ।

हङकङ कोरोना अपडेट : थप ३१ जनामा सङ्क्रमण, लाम टिन टनेलबाट थप ६ जना सङ्क्रमित…

हङकङ, १० जनवरी। हङकङमा २४ घण्टाभित्र थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

संक्रमितहरुमा २८ स्थानीय र ३ जना आयातित रहेका छन्। यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ९,२४३ पुगेको छ।

संक्रमितहरुमध्ये १९ पुराना केससंग संबन्धित छन् भने ९ जनाको संक्रमणको स्रोत खुलेको छैन।

आयातित सङ्क्रमितहरुमा टर्कीबाट आएका २ जना र ब्राजिलबाट आएका १ जना रहेका छन्।

चुन क्वान ओ – लाम टिन टनेल निर्माण साइटसंग जोडिएका थप ६ जनामा कोरोना पोजिटिभ देखिएको छ।

आज ३० भन्दा बढी प्रारम्भिक केसहरू थपिएका छन्।

सेन्टरका अनुसार ८,४२३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६०१ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना संक्रमित बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ।

फाइल तस्विर




Comments

comments

33351