हङकङ कोरोना अपडेट : जोर्डनमा लकडाउन, नेपालीसहित दसौं हजार मानिस घेराबन्दीमा…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ जनवरी। हङकङ सरकारले नेपालीसहित दसौं हजार मानिस बस्ने जोर्डनलाई शनिवार विहानदेखि ४८ घण्टासम्मका लागि लकडाउनमा राखेको छ।

यसक्षेत्रमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले यस्तो कठोर कदम चालेको हो।

लकडाउन जोनले कन्सु स्ट्रिट, ब्याट्री स्ट्रिट, नानकिङ स्ट्रीट र जोर्डनको वूसुङ स्ट्रिटलाई समेटेको छ।

भिडियोमा ताजा समाचार अपडेट

यस क्षेत्रा विगत केही दिनभित्र १४५ जना कोरोना सङ्क्रमित भेटिएका थिए। त्यस्तै दैनिक ३० जनाभन्दा बढीमा कोरोना पोजिटिभ देखिएपछि सरकारले यहाँ लकडाउनको कठोर नियम लागु गरिएको हो।

यस क्षेत्रमा मानिसहरुलाई आवातजावत गर्न प्रतिबन्ध लगाइएको छ।

तर तिनीहरूलाई मात्र यसभित्र आवातजावतको लागि अनुमति दिइनेछ। केवल आवश्यक कामदारहरू जस्तै, वृद्ध घरहरूमा काम गर्नेहरू र अस्पतालका कर्मचारीहरूलाई प्रहरीको घेराबन्दी क्षेत्रभित्र प्रवेश गर्न अनुमति दिइनेछ।

सरकारी अधिकारीहरूले यतिबेला यो मा तेई र जोर्डनमा फैलिएको भाइरस रोक्न संघर्ष गरिरहेछन्। यो यस्तो क्षेत्र हो जुन, पुरानो र उपविभाजित आवासहरूको लागि परिचित छ।

Jordan lockdown. Photo: Apple Daily.

लकडाउनका कारण करिब १०,००० बासिन्दाहरु प्रभावित भएकाछन् जब कि अधिकारीहरूले यहाँका बासिन्दालाई अनिवार्य भाइरस टेस्ट गराइ रहेका छन्।

गृह मामिलासम्बन्धी सचिव क्यास्पर चुईका भनाई अनुसार सरकारी कर्मचारीहरूले त्यहाँका बासिन्दाहरूलाई घरबाट स्कर्टिङ गरेर प्रहरीको घेराबन्दीभित्र रहेको टेस्टिङ सेन्टरमा ल्याएर न्यूक्लिक एसिड परीक्षण गराउंने छन्।

चुईले भनेका छन् “हामी बुझ्छौं यस पटक यस्तो अपरेसनले नागरिकहरुलाई असुविधा पैदा गर्ने छ। तर मैले आज बिहान केही बासिन्दाहरुसंग कुरा गरें। र उनीहरु, समुदायमा सम्भावित पुष्टि भएका सङ्क्रमितहरुको पहिचान गर्न र निरन्तर फैलिएको भाइरस रोक्न सरकारले छिट्टै परीक्षण गरेको देख्न अत्यन्त इच्छुक छन्,”

The lockdown area in Jordan. Photo: GovHK.

चुईका अनुसार, सरकारले यो लकडाउन आदेश लागू गर्न ३००० भन्दा बढी कर्मचारी परिचालन गरेको छ। त्यहाँ प्रहरी, फायर सर्भिस, इमिग्रेसन र भन्सार तथा सुधार सेवाका अधिकारीहरु तैनाथ गरिएका छन्।

यसैबीच लकडाउनमा पर्नेहरुले केही खाना र आवश्यक बस्तुहरु प्राप्त गर्नेछन्। भाइरस परीक्षण पूरा गरेपछि यहाँका बासिन्दाहरूले पहिचान देखाउनको लागि सेतो कलाई पट्टा लगाउनु पर्ने छ। र उनीहरुले कप नुडल्स, फलफूल र अन्य आवश्यक चिजहरू प्राप्त गर्नेछन्।

त्यसै गरी आज ८० भन्दा बढी कोरोना सङ्क्रमित थपिने अनुमान गरिएको छ। हिजोसम्म हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,९२९ पुगेको थियो।





Comments

comments

40180