हङकङ कोरोना अपडेट : थप ८१ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या १०,००० नाघ्यो, जोर्डनमा लक डाउन…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,०१० पुगेको छ। सङ्क्रमितहरुमा ७८ स्थानीय र ३ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये ४३ पुराना केससंग संबन्धित छन् भने ३५ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा ८ वर्षदेखि ९२ वर्ष उमेरबीचका नागरिक रहेका छन्।

भिडियोमा ताजा समाचार अपडेट

७८ सङ्क्रमितमध्ये २१ जना यो मा तेई र ६ जना साम सुई पोमा बस्ने रहेका छन्।

सङ्क्रमितमध्ये ९ जना यो मा तेई कम्युनिटी सेन्टर र ६ जना साम सुई पो टेस्टिङ सेन्टरमा फेला परेका हुन्।

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Moonstar Court, 2A-2G Star Street, Wan Chai, Yick Man Building 11, Ha Heung Road To Kwa Wan र Shun Fung Building, 1-11 Tung On Street, Mong Kok. रहेका छन्।

त्यसै गरी, Sham Shui Po का 96, Yen Chow Street, 25, Un Chau Street र 171, Cheung Sha Wan Road रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ८,९९७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७३१ जनाको उपचार भइरहेको छ। ३८ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६८ पुगेको छ।

शनिवार बिहानदेखि जोर्डनको नाथन रोड, जोर्डन रोड, कन्सु स्ट्रिट र फेरी स्ट्रिट लक डाउनमा रहेको छ। जसले करीब १५० भवनका बासिन्दा प्रभावित भएका छन्।

यस क्षेत्रका विगत केही दिनभित्र १४५ जना कोरोना सङ्क्रमित भेटिएका थिए। त्यस्तै दैनिक ३० जनाभन्दा बढीमा कोरोना पोजिटिभ देखिएपछि सरकारले यहाँ लकडाउनको कठोर नियम लागु गरिएको हो।

यस क्षेत्रमा मानिसहरुलाई आवातजावत गर्न प्रतिबन्ध लगाइएको छ।

सरकारी अधिकारीहरूले यतिबेला यो मा तेई र जोर्डनमा फैलिएको भाइरस रोक्न संघर्ष गरिरहेछन्। यो यस्तो क्षेत्र हो जुन, पुरानो र उपविभाजित आवासहरूको लागि परिचित छ।

Jordan lockdown. Photo: Apple Daily.

लकडाउनका कारण करिब १०,००० बासिन्दाहरु प्रभावित भएकाछन् जब कि अधिकारीहरूले यहाँका बासिन्दालाई अनिवार्य भाइरस टेस्ट गराइ रहेका छन्।

निषेधित क्षेत्रमा ३००० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ। त्यहाँ प्रहरी, फायर सर्भिस, इमिग्रेसन र भन्सार तथा सुधार सेवाका अधिकारीहरु तैनाथ गरिएका छन्।

भाइरस परीक्षण पूरा गरेपछि यहाँका बासिन्दाहरूले कप नुडल्स, फलफूल र अन्य आवश्यक चिजहरू प्राप्त गरेका छन्।

The lockdown area in Jordan. Photo: GovHK.

हङकङका पुलिस आयुक्त र अन्य सरकारी विभाग प्रमुखहरूले जोर्डनको निषेधित क्षेत्रको भ्रमण गरेका छन्। उनीहरुले अपरेसनमा संलग्न केही फ्रन्टलाइन कर्मचारीहरूसँग कुरा गरेर ताजा स्थितिबारे जानकारी लिएका थिए।

यसै बीच आज हङकङकी कार्यकारी प्रमुख क्यारी लामले जोर्डनमा पत्रकारहरूसँग भेट गरेकी छन्। उनले त्यस इलाकामा जनताको आवागमन प्रतिबन्ध गर्ने इच्छा नहुंदा नहुंदै गर्नु परेको बताएकी छन्। उनले अर्को पटक यस्तै प्रकारका अपरेशनहरू गर्नु परेमा नागरिकहरूलाई सकेसम्म चाँडो सूचित गरिने जनाएकी छन्। अधिकारीहरूले जनताको आत्मविश्वास बढाउन र सहयोगका लागि जनताप्रति कृतज्ञता व्यक्त गर्न यस नीतिलाई अझ मानवीय रुपमा कसरी कार्यान्वयन गर्ने भन्ने बारे अध्ययन गर्ने बताएकी छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40184