कोरोना संक्रमणले बेलायतमा थप एक नेपालीको मृत्यु

फाइल फोटो

२७ चैत, लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको बुधबार राति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे। करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखेर पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए।

हालसम्म बेलायतमा कोरोनाले ३ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । (कृष्णप्रसाद शर्मा/रासस)

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35354