कोरोना खोपको आशा: नौवटा खोप परीक्षणको तेस्रो चरणमा

कोरोना खोपको आशा

कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ। प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन।

नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ) ले जनाएको छ। हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ।

अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ।

चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ।

यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पु¥याएको छ। त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टरका रूपमा एक खोप तयार भइरहेको छ।

नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आएएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन् । यी बाहेक अन्य ११४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ । कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन्।

छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ। मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ । मोर्डनाका अनुसार तेस्रो चरणको परीक्षण जुलाई २०२० देखि सुरु हुनेछ।

खोप परीक्षण

चीनमा निर्माणाधीन खोपले पनि मानव परीक्षणको पहिलो चरण पार गरेको छ । यसको परिणाम सुरक्षाजनक र तीव्र प्रतिरोध क्षमता निर्माण गर्ने खालको देखिएको बेलायतस्थित एक मेडिकल जर्नलले जनाएको छ । यो खोप १०८ जना स्वयंसेवीलाई तीन समूहमा विभाजन गरी फरक डोज दिई परीक्षण गरिएको थियो।

परीक्षण चीनका एकेडेमी अफ मेडिकल साइन्सेसका बायोलोजी प्राध्यापक केन वेईको नेतृत्वमा भइरहेको छ । यो बाहेक अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि डब्लूएचओबाट अनुमति पाइसकेको छ।

अमेरिकी औषधि कम्पनी फाइजर इङ्क र बायोटेक एसई, जर्मन इम्युनोथेरापी कम्पनीका साथै जापानमा पनि छवटा खोप विकासका क्रममा छन् । खोप ओस्का विश्वविद्यालय, टोकियो विश्वविद्यालय र नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका साथै अन्य संस्था सक्रिय रहेको त्यहाँका स्वास्थ्य निकायले जनाएका छन्।

जर्मन युनिभर्सिटी अफ मारबर्गको भिरोलजी संस्थानले पनि मानवमा परीक्षणको तयारी गरिरहेको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गत फेबु्रअरीमा कोरोना भाइरस विरुद्धको खोप निर्माण थालेका थिए र परीक्षण जारी छ। गोरखापत्र दैनिकमा समाचार छ।

नेपाल कोरोनाभाइरस अपडेटः

संक्रमित मृत्युस्वास्थ्यलाभ
11,755272,698

हङकङ कोरोनाभाइरस अपडेटः

संक्रमितमृत्युगम्भीर स्वास्थ्यलाभ
1,204711,105

विश्व कोरोनाभाइरस अपडेट

संक्रमितमृत्युस्वास्थ्यलाभ
8,257,535 445,9864,306,748
 CountryCasesDeaths
🇺🇸 USA2,935,770132,318
🇧🇷Brazil1,578,37664,365
🇷🇺Russia674,51510,027
🇮🇳India673,90419,279
🇵🇪Peru299,08010,412
🇪🇸Spain297,62528,385
🇨🇱 Chile291,8476,192
🇬🇧UK284,90044,198
🇲🇽 Mexico252,16530,366
🇮🇹Italy241,419 34,854
🇮🇷Iran237,87811,408
🇵🇰Pakistan 225,2834,619
🇸🇦 Saudi Arabia205,9291,858
🇹🇷 Turkey204,6105,206
🇩🇪Germany197,4189,081
🇫🇷France166,96029,893




Comments

comments

Trending Now : बाँदर धपाउन एउटै गाउँपालिकाले ९० थान बन्दुक बाँड्यो
36671