कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

फाइल फोटो

कोरोना भाइरस (कोविड १९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन्।

१३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका उनको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या २,३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २७८ जना कोरोना जितेर घर फर्केका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36928