बलिउड अभिनेता सुशांत सिंह राजपूतद्वारा आत्महत्या

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

१४ जुन। बलिउडका युवा अभिनेता सुशांत सिंह राजपूतले आइतवार आत्महत्या गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुले सुशांतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फाँसी लगाएर आत्महत्या गरेको बताएका छन्।

प्रहरीले घटनाको छानबिन गर्दैछ। प्रहरीलाई आत्महत्याको खबर उनका घरेलु सहायकले दिएका थिए। सुशांतको आत्महत्याको कारण अझै खुल्न सकेको छैन।

३४ वर्षीय सुशांत भारतीय फिल्म र टेलिभिजन अभिनेता, डान्सर, टेलिभिजन व्यक्तित्व, एक उद्यमी र परोपकारी थिए।

सुशांतले आफ्नो करियर टेलिभिजन सिरियलबाट सुरू गरेका थिए। उनको डेब्यु सिरियल स्टार प्लसको ‘किस देश में है मेरा दिल’ थियो। त्यसपछि उनले जी टिभीको लोकप्रिय अवार्ड विजेता सिरियल ‘पवित्र रिश्ता’मा अभिनय गरेका थिए। यसबाट पाएको ठूलो सफलतापछि सुशांतले बलिउड फिल्म उद्योगमा प्रवेश गरेका थिए। उनले ‘के पो छे’ बाट बलिउड फिल्ममा डेब्यू गरेका थिए। उनले ‘पीके’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’ जस्ता सफल चलचित्रहरुमा काम गरेका थिए। उनी पछिल्लो पटक फिल्म ‘छिछोरे’ मा देखा परेका थिए। उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए।

गत सातामात्र सुशांतकी पूर्व म्यानेजर दिशा सालियनले आत्महत्या गरेकी थिइन्। सुशांतले आफ्नो ईन्स्टामा उनको बारेमा लेखेका थिए, ‘यो अत्यन्त दुखद समाचार हो। दिशाका परिवार र साथीहरूप्रति मेरो संवेदना। तिम्रो आत्मालाई शान्ति मिलोस्।

सुशांतले अन्तिम पटक आफ्नी स्वर्गीय आमालाई सम्बोधन गरेर इन्स्टाग्राममा पोस्ट गरेका थिए। जहाँ उनले आमाको पुरानो तस्वीर साझा गरेका थिए।

सुशांत २१ जनवरी १९८६ मा पटनामा जन्मेका थिए। उनी अविवाहित थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37132