कोरोना महामारीको बढी जोखिममा गर्भवती

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश
फाइल फोटो

काठमाडौं – बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन्।

जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन्।

तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ। स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ।

कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ। यो समाचार गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छिन्।

 CountryCasesDeaths
🇺🇸 USA2,727,853130,122
🇧🇷Brazil1,408,48559,656
🇷🇺Russia647,8499,320
🇮🇳India585,79217,410
🇬🇧UK312,65443,730
🇪🇸Spain296,35128,355
🇵🇪Peru285,2139,677
🇨🇱 Chile279,393 5,688
🇮🇹Italy240,57834,767
🇮🇷Iran227,66210,817
🇲🇽 Mexico226,08927,769
🇵🇰Pakistan 209,3374,304
🇹🇷 Turkey199,9065,131
🇩🇪Germany195,8329,052
🇸🇦 Saudi Arabia190,8231,649
🇫🇷France164,80129,843




Comments

comments

Trending Now : इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ !
37292