जोखिम झन् बढ्दो, अबको ५५ दिनमा ४० हजार संक्रमित पुग्ने आँकलन

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश
फाइल फोटो

काठमाडौं – नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो।

लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन्।

संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ। त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ। यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

[table “” not found /]


छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37295