निगमलाई किस्ता तिर्नै सकस…

काठमाडौँ, कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ।

पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन। अझै थप केही दुई÷तीनवटा किस्ता समयमै तिर्न नसकिने अवस्थाबाट समेत ध्वजावाहक गुज्रिएको छ।

फाइल फोटो

उडान नहुँदा किस्ता तिर्नै समस्या भएपछि निगमले अर्थ मन्त्रालयसमक्ष पाँचवटा जति किस्ता भुक्तान गरिदिनसमेत प्रस्ताव गरेको छ । निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने किस्ता सरकारले लिएर त्यसबाट निगममा स्वामित्व बढाओस् भन्ने ढङ्गबाट मन्त्रालयमा प्रस्ताव लगिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए।

सरकारले केही किस्ता तिरिदिए त्यसपछि आफ्नै आम्दानीबाट तिर्नसक्ने अवस्था रहने उनले बताए । तत्कालका लागि हाम्रा ‘डिफल्ट’ किस्ताहरू चाहिँ नेपाल सरकारले आफ्नो हिस्सामा लिएर आफ्नो ‘इक्विटी’ निगममा बढाओस् भन्ने चाहेको हो, उनले भने । यो समाचार गोरखापत्र दनिकमा विश्वास रेग्मीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37947