हङकङ अग्नी पीडित नेपाली परिवारलाई १० लाख डलर सहयोग

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ नोभेम्बर। हङकङका परोपकारी संस्था सिक सिक युनले हङकङ अग्नी पीडित नेपाली परिवारलाई १० लाख हङकङ डलर सहयोग गर्ने निर्णय गरेको छ।

संस्थाले यस त्रासदीपूर्ण घटनाप्रति दुख व्यक्त गर्दै पीडित मृतकका परिवार र घाइते परिवारलाई क्रमशः ५० र ३० हजार हङकङ डलर उपलव्ध गराउंने निर्णय गरेको हो।

गत आइतवार साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जिरे खुर्सानीमा भीषण आगलागी हुंदा ७ जना नेपालीको मृत्यु र ११ जना घाइते भएका थिए।

अग्नी पीडित एक नेपालीलाई उद्धार गर्दै हङकङ प्रहरी

सिक सिक युनले अन्त्येष्टि खर्च, मेडिकल खर्च र आर्थिक दबाब कम गराउंन पीडित परिवारलाई तत्काल १० लाख हङकङ डलर सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

सिक सिक युन एक धार्मिक परोपकारी संस्था हो, जसले ताओवाद, बौद्ध धर्म र कन्फ्युसियानिज्मको पूजा गर्दछ।

सन् २००९ देखि संचालनमा आएको यस संस्थाले अप्ठ्यारामा परेका हजाराैं पीडित परिवारलाई आपतकालिन सहयोग प्रदान गर्दै आएको छ।

यो पनि पढ्नुहोस्
BREAKING: हङकङको नेपाली रेष्टुरेण्टमा भीषण आगलागी, ७ नेपालीको मृत्यु (भिडियोसहित)

लाइभ भिडियो हेर्नुहोस्

भिडियोः जगतअम्बु गुरुङ / HKNepal.com





Comments

comments

39314