BREAKING: हङकङको नेपाली रेष्टुरेण्टमा भीषण आगलागी, ७ नेपालीको मृत्यु (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ नोभेम्बर। जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ९ वर्षीय बालकसहित चार पुरुष र तीन महिला रहेका छन्। प्राप्त जानकारीका अनुसार मृत्यु हुनेहरुमा ३८ वर्षीय युवाराज कंडेल, १३ वर्षीया कृतिका कंडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ (रेष्टुरेण्ट मालिक) रहेका छन्।

घटनामा १८ जना घाइते भएका छन्। घाइते ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

नेपालीको एक समूहले दीपावलीसहित बर्थ डे पार्टी मनाई रहंदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन। एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन्। घाइतेहरु सबै नेपाली रहेका छन्।

घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ।

प्रत्यक्षदर्शीका अनुसार आगलागी जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा भएको हो। करीव ८:३५ बजे शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो।

आगो द्रुत रूपमा फैलिदै गएपछि धेरै पटक विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताए। आ-आफ्नो अपार्टमेन्टमा फसेकाहरुले झ्यालबाट बाहिर निस्केर सहयोगको लागि कराइरहेका थिए।

फायरफाइटर र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन्।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्। लामले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।

हङकङमा यसलाई दशककै सबैभन्दा घातक आगलागीको घटना मानिएको छ। सन् २०११ मा पनि मङ कोकको फा यून स्ट्रिटमा आगलागी हुँदा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए। यो १५ बर्षमा शहरको सबैभन्दा खतरनाक आगलागी थियो।

हङकङ आगलागीमा थप १ नेपाली युवतीको मृत्यु…

लाइभ भिडियो हेर्नुहोस्

भिडियोः जगतअम्बु गुरुङ / HKNepal.com

भीषण आगलागीमा परेका पीडितहरुको अवस्था…

NameAgeCondition
Yub Raj Kandel 38Death
Kritika Kandel13Death
Gita Kandel - Critical
Son of Yub Raj Kandel3OK
Raj Babu Nepal35Death
Ryan Nepal 9Death
Tulsi Nepal -Ok
Tulsi’s Yunger Son7Ok
Sher Bahadur Gurung39Death
Anita Niraula 32Death
Binita Tamang40Death
Mukesh Shrestha34Critical
Hasta Maya Dhimal Rai 49Serious
Subira Thapa30Serious
Krishna Bahadur Kandel -Critical
Debaki Kandel -Critical
Sutekcha Kandel -Critical
Saligram13Critical
Suman Gurung-Discharged
Ang Lajyu29Serious
फोटोः साउथ चाइना मर्निङ पोष्ट




Comments

comments

39279