कोरोनाबाट दुईजना चिकित्सकको मृत्यु

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं, २ मंसिर। कोरोना सङ्क्रमणबाट दुईजना चिकित्सकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार राति र सोमबार बिहान सङ्क्रमित दुबैजना चिकित्सकको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ।

मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा.नारायणबहादुर थापाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो । डा। झाको आज बिहान मृत्यु भएको छ । डा. थापाको आइतबार राति उपचारकै क्रममा निधन भएको हो।

फाइल फोटो

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी दुबै जना चिकित्सकको मृत्युले देशलाई ठूलो क्षति पुगेको जनाउँदै सम्पूर्ण नेपालीलाई मर्माहत बनाएको उल्लेख गरेको छ । मन्त्रालयले मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार र आफन्तजनमा समवेदना प्रकट गरेको समाचाार आजको गोरखापत्रले उल्लेख गरेको छ।





Comments

comments

39311